Kanakai Online

संसद पुर्नस्थापना नै अहिलेको मुख्य विकल्प-सुजता कोइराला।


बिहिवार, फागुन ६, २०७७ |

बिर्तामोड, फागुन ६ गते ।नेपाली कांग्रेस की केन्द्रीय सदस्य सुजता कोईरालाले संसद पुर्नस्थापना नै अहिलेको मुख्य बिकल्प भएको बताउनु भएको छ ।

प्रेस युनियन झापा द्वारा बिहिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोईरालाले संसद पुर्नस्थापना गरेर सर्वदलीय सरकार मार्फत चुनावमा जानु नै अहिलेको राष्ट्रिय सहमतिको बाटो भएको बताउँनुभयो । पुर्व परराष्ट्र तथा उपप्रधानमन्त्री समेत रहनु भएकी नेतृ कोईरालाले दुई तिहाईको कम्युनिष्ट सरकारले संबिधान च्यातेर संसद भंग गर्नु जनता माथिको धोका भएको बताउँनुभयो ।

ओली सरकारको असम्वैधानिक कदम प्रति असन्तुष्टि जनाउदै उहाँले सारा नेपालीले संसद पुर्नस्थापना नै चाहेकोले अब संसद पुर्नस्थापना भएरै छाड्ने बताउँनुभयो । नेतृ कोईरालाले संसद पुर्नस्थापना गर्ने अन्तिम फैसला सर्वोच्चको हातमा रहेको उल्लेख गर्दै अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

सम्बन्धित खबर