कनकाई अनलाईन
कनकाई नगरपालिकाभित्रका पत्रकार, बैँकका कर्मचाारी, नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुका लागि आजबाट कोरोना खोप लगाउन सुरु गरिएको छ ।
मानिसमा कोरोना खोप लगाउदा नकरात्मक प्रभाव पर्छ भन्ने मनोवैज्ञानिक त्रास समेत रहेकोले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई, कनकाई ४ का वार्डअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका गोविन्द्रप्रसाद पौडेल र नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य समेत रहनुभएका गोरखापत्र दैनिकका पत्रकार लीलाराज झापालीले एकसाथ कोरोना खोप हानि कनकाईको खोपको उद्घाटन गर्नुभयो । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा यस खोप लगाउने काम चलिरहेको छ । यस पछि प्राथमिकताको आधारमा अन्यलाई समेत क्रमश यस खोप लगाइने कनकाई नगरपालिका प्रमुख पोखरेलले बताउँनुभयो ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम