कनकाई अनलाईन
बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको जिल्ला इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्यमा झापा कनकाई नगरपालिका सुरुङ्गाका दिपक चापागाई चयन हुनुभएको छ । चापागाई कनकाई बिर्ता अर्जुनधारा नविकरणीय उर्जाका समेत प्रबन्ध निर्देशक रहनुभएको छ । गत १४ गते काठमाण्डौमा भएको भेलाले एकता अभियानका ६६७ केन्द्रीय सदस्य चयन गरेको हो । जसमा झापाको इन्चार्ज तथा कार्यसम्पादन समितिमा चापागाई रहनुभएको छ । जसमा झापाबाट केन्द्रिय सदस्यमै सुरुङ्गाका ओमप्रसाद पाठक समेत रहनुभएको छ । पाठक ओली गुटको हालै घोषणा गरिएको झापाको ६०१ सदस्यीय जिल्ला कमिटीको समेत सदस्य रहनुभएको थियो तर पाठकले सो पदलाई अस्वीकार गर्दै आउनुभएको थियो । झापाबाटै अन्य सदस्यहरुमा गोपी गिरी, रोहित भट्टराई, कृष्णहरी देवकोटा, टंक गौतम, तारा ढकाल, दयाराम उप्रेती, देविमाया भट्टराई, भोजराज दाहाल र रामप्रसाद मैनाली समेत रहनुभएको छ ।
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ । सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन् । पदाधिकारीबाहेक सदस्यहरूको नामावली वर्णानुक्रमअनुसार राखेर अभियानका सचिव बाबुराम थापाले परिपत्र जारी गरेका छन् ।
जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि दिपकले झापाका सबै १५ स्थानीय तहमै एकता कमिटी गठन गर्ने कनकाई अनलाईनलाई बताउँनुभयो ।