कनकाई अनलाईन
नेपाली काँग्रेसका नेता तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर वर्तमान व्यवस्था विरोधी कार्य सच्याउन आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस झापाले आयोजना सोमवार आज झापा चन्द्रगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै स्थीर संसदलाई विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम वर्तमान संविधानको मूल उपलब्धी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता प्रगतिशील राजनीतिक कार्य बिरूको कदम भएको बताउँनुभयो म अझैपनि प्रधानमन्त्री ओलीलाई आत्मालोचना गरेर सच्चिन आग्रह गर्छछु नेता सिटौलाले भन्नुभयो ।
बर्तमान सरकारले यस तीन वर्षे अवधिमा देश र जनताका पक्षमा काम गर्न नसकेको भन्दै सरकार आफ्ना आसेपासे कम्युनिस्ट पार्टीका लागि मात्रैको सरकार बनेको भन्दै बर्तमान सरकार दिनप्रतिदिन तानाशाह बन्ने प्रयासमा रहेको सिटौलाको आरोप थियो । काँग्रेसनेता सिटौलाले समृद्ध नेपाल सुखी नेपाली उखान र भाषणले नहुने भन्दै प्रदेश १ कै गौरवशाली आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण सरकारले अलपत्र पारेको भन्दै राजनीतिक अस्थिरता निम्तनेगरी संसद विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने सहिदको रगतमा समेत सरकारले हिलो छेपेको आरोप लगाउनुभयो ।
तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेको भन्दै ओली सरकारले नेकपाको नेता समेत हुन नसकेर आफ्नो रीस संसदमाथि पोखेको आरोप लगाउनुभयो । सिटौलाले प्रधानमन्त्रीले वर्तमान संविधान ध्वस्त पार्ने खेल खेल्न लागेकोले कांग्रेस आन्दोलित हुनुपरेको बताउँनुभयो । सिटौलाले संविधानको मूल र्ममको रक्षा गर्ने जिम्मेवारी अदालतमा रहेकोले कसैको दवाव, प्रभाव र सेटिङ्गमा न्यायाधिस लाग्नु नहुने भन्दै न्यायलयको गरिमा बचाउन अदालतलाई आग्रह समेत गर्नुभएको छ ।
झापा काँग्रेस सभापति उद्धव थापा, पूर्व संसाद तथा संविधान सभाका सदस्य शुधिर शिवाकोटी लगायतले कम्युनिस्ट नारामा मात्र सर्वहाराका प्रतिनिधि भएको भन्दै सर्वहाराको उन्नतिमा कुनै काम नगरेको आरोप लगाउनुभयो । थिए । सभामा जिल्लाभरका काँग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो ।
तस्वीर ः सभामा सम्बोधन गर्दै कांग्रेस नेता सिटौला