आइपी भट्टराई
सुरुङ्गा । क्रान्तिकारीको भुमि सुरुङ्गामा २६ औ जनयुद्ध दिवश विविध कार्यक्रमका बिच आज मनाइएको छ ।
२०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्ध दिवश सुरुङ्गामा भने फरक रुपमा मनाइयो । सुरुङ्गा गणतन्त्र चौकमा दिप प्रज्जलन गरि आयोजित सभामा बोल्दै प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य झलकसिंह दर्लामी शन्देशले जनयुद्ध दिवशको अवशरमा केप ीओलीको संविधान र हालसम्म प्राप्त उपलब्धीलाई तहसनहस पार्न खोज्ने प्रवृधि बिरुद्ध जनयुद्ध दिवशकै दिनबाट आन्दोलनको आधि ल्याइने उद्घोष गर्नुभयो । सांसद शन्देशले जनयुद्धबाट प्राप्त उपलब्धीहरु संविधान , संघियता जनअधिकार लगायातका उपलब्धीमाथि बर्तमान प्रधानमन्त्री ओलीले प्रहार गरेकोले मेचीकालीका जनताहरु हल आन्दोलनमा उत्रनुपरेको बताउँनुभयो । जनयुद्ध दिवशकै दिनबाट प्रतिगमनकारी ओली बिरुद्धको आन्दोलन थप उचाइमा जाने र ओली प्रवृतिहरुलाई परास्त गरिछाड्ने सांसद दर्लामीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै पुर्वसांसद नारायणसिंह राजवंशीले बर्तमान प्रधानमन्त्री ओलीले संविधानमा हुदै नभएको व्यावस्थाबाट चुनावको नाटकगर्दै आफ्नो सक्ता लब्याउने प्रयास गरिरहेको भन्दै ओलीले बर्तमान जनताकै जनमतको धज्जी उडाएको बताउँनुभयो । आफु बहुमतमा हुदा सबै ठिक आफु अल्पमतमा हुनसाथ सबै बेठिक भन्ने ओलीको ढाट प्रविधि सबै नेपालीले बुझिसकेको भन्दै पुर्वसांसद राजवंशीले १० लाख पार्टी सदस्य र ३ करोड नेपाली जनताले अबको केहि दिनमै ओलीसग यसको हिसाब माग्ने बताउँनुभयो । ओलीले जबजकै धज्जी उडाएको भन्दै यसको संरक्षक ओली आफु मात्रै भएको ढाटदै हिड्नु ओलीको नालायक प्रवृधि भएको नेता राजवंशीले बताउँनुभयो । ओलीलाई पहिलेदेखि गणतन्त्र र संघियता मन नपरिरहेको हुदा यसको बदला लिन ओली लागिपरेको नेता राजवंशीले बताउँनुभयो । क्रान्तिकारी जनताले मण्डले ओलीको सक्तालाई जसरी पनि ढालि छाड्ने नेता ओलीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा झापा जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजयले जनयुद्ध दिवशका दिनबाटै ओली तानाशाहको दिनगन्ति सुरु भएको उद्घो्ष गर्नुभयो । नेकपा नेता बिजयले संसारमा हरेक तानाशाह हरुको अन्त्य ज्यादै दुखद र दर्दनाक हुने गरेको भन्दै ओलीको समेत त्यो दिन सुरु भएको बताउँनुभयो । नेकपा झापा जिल्ला सचिवालय सदस्य जनार्दन उप्रेतीले ओलीको अहम बढेर चरम उत्सर्गमा पुगेको भन्दै पार्टी ओलीको पेवा नभएकोले मेरो वोली र व्यावहारनै पार्टी र सम्पुर्ण जनता हो भन्ने ओली प्रवृति देशकै कलंक भएको बताउँनुभयो । यस व्यवहारलाई नेपाली जतलाले ढालि छाड्ने नेता उप्रेतीको उदघोष थियो । नेता उप्रेतीले साधरण मान्छे ओलीको पछि लाग्दा आफुलाई आश्चर्य नलागेको तर संविधानका ज्ञाता ठान्ने सुबास नेम्बाङ्गजस्ता मान्छे पछि लागेको देख्दा दुख्ख लागेको उप्रेतीले बताउँनुभयो ।
कार्यक्रम नेकपा कनकाई नगर कमिटीको आयोजनामा भएको थियो । कार्यक्रम नेकपा कनकाई नगर कमिटी सचिव विष्णृ बिमलीको संचालनमा सम्पन्न भएको थियो ।