कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित नयाँबस्तीमा एक हप्ते निशुल्क उद्घोषणकला सम्बन्धि तालिम सुरु भएको छ ।
कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य कृष्णकुमारी भुजेलले विशेष कार्यक्रमका विच उक्त उदघोषण तालिमको उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि भुजेलले अत्याधिक महिलाको सहभागितामा हुन लागिरहेको तालिमबाट महिलाहरु अबका वाकि दिनहरुमा चुल्हो चौकामै सिमित हुने दिन सकिएको बताउँनुभयो । महिला आर्दश जागरुक संस्था कनकाई ३ नयाँबस्तीको आयोजना, ग्रामिण विकास सेवा समितिको समन्वय तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भइरहेको उद्घोषण तालिममा उक्त क्षेत्रका ५० जना तालिममा सहभागि रहेका छन ।
तालिमको सहजिकरण कंचनजंघा एफएमकी चर्चित कार्यक्रम संचालिका तथा नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटी र विवेश शिवाकोटीले गर्दै हुनुहुन्छ ।
उद्घोषण तालिम कनकाई ३ स्थित फनपार्कमा संचालन भइरहेको छ । तालिमको उद्घाटनमा प्रमुख अतिथि भुजेल, कनकाई नगरपालिकाका कार्यापालिका सदस्य नवलकिशोर दत्त, ग्रामिण विकास सेवा समिति अध्यक्ष तेजु प्रधान, कनकाई नगर जेष्ठ नागरिक अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी , पत्रकार लीलााराज झापाली लगायातले तालिममा सिकेका ज्ञान शिवबाट जीवनमा प्रयोग गर्न शुभकामना दिनुभयो । कार्यक्रमको संचालन आयोजक संस्थाकी सचिव संगिता लिम्बु र सभापतित्व अध्यक्ष हेमा बिमलीले गर्नुभएको थियो ।