कनकाई अनलाईन
झापाको गौरादह नगरपालिकामा संचालित गौरादह मेयरकप भलिबलको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।
गौरादह नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा बिर्तामोड नगरपालिकालाई पराजित गर्दै झापा गाउँपालिकाले नगद एक लाख सहितको उपाधि जितेको हो । प्रतियोगितामा उपबिजयी हुने टिम बिर्तामोडले नगद ५१ ह्जार रुपैँया प्राप्त गर्यो । प्रतिस्पर्धात्म बनेको फाइनल खेलमा झापाले बिर्तामोडलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलमा झापा गाउँपालिकाले २५–२०, २१–२५ र अन्तिमको सेट १२–१५ मा पराजित गरेको हो । बिर्तामोडले दुई सेट २२–२५ र २२–२५ मा हराएको थियो । प्रतियोगिताको म्यान अफ द सिरिज झापा गाउँपालिकाका रोहित शिवाकोटी हुनुभयो । झापाकै चर्चित कटुवाल वेष्ट ब्लकर, सागरकिरण भट्टराई वेष्ट सेटर हुनुभयो भने बिर्तामोडका बिमान खड्का वेष्ट स्पाइकर र रोषन डाँगी खेलको म्यान अफ द म्याच हुनुभयो ।
प्रतियोगिताको बिजयी तथा उपबिजयी हुने टिमलाई गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह र झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले शिल्ड तथा नगद प्रदान गर्नुभयो । प्रतियोगितामा झापाका १३ स्थानीय तहको सहभागिता रहेको थियो ।
यसैबिच आफ्ना तीनभाई छोरालाई भलिबलको राष्ट्रियस्तरसम्मको खेलाडी बनाउनु भएका झापा गाउँपालिका ६ का शिवाकोटी दम्पतीलाई फाइनलका दिन सम्मान गरिएको छ ।
झापा ६ शरणामतीका गोपाल शिवाकोटी र दुर्गा पौडेल शिवाकोटीलाई उक्त अवशरमा गौरादह नगरपालिका प्रमुख रोहितकुमार शाहले सम्मान गर्नुभयो । उहाँहरुका तीनभाई छोराहरु रोहित, प्रज्जवल र रविन स्थानीयदेखि राष्ट्रिय भलिबल खेलाडी रहनुुभएको छ । रोहित उक्त प्रतियोगिताकै सर्बोकृष्ट खेलाडी बन्नसफल हुनुभएको थियो ।