Kanakai Online

विश्वका कुनै देशमा सरकार चलाउने सडकमा आउदैनन खनाल


शुक्रवार, माघ २३, २०७७ |

लीलाराज झापाली
पुर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपीओलीले गरेको सांसद बिघठनको बिरुद्ध आफुहरु कानुनी र राजनैतिक दुबै लडाईलाई जारी राख्ने बताउँनुभएको छ ।
शुक्रवार आज बिर्तामोडमा प्रेस संगठनको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका वरिष्ठ नेता समेत रहनुभएका खनालले प्रधानमन्त्रीले ३ करोड जनताको वलिदानबाट प्राप्त संविधानलाई च्यात्न र बिध्वसं पार्न लागेकाले बाध्य भएर दुबै लडाई लड्न बाध्य भएको बताउँनुभयो । जनताले यस कदमका बिरुद्ध नलाग्ने हो भने देश थप तानाशाहीकरणतर्फ जाने बताउँनुभयो । यसको उदाहरण देशका विभिन्न ११ संवैधानिक निकायहरुमा आफ्ना मान्छे भर्ती गरेर बर्तमान सरकारले यसको पुष्टि गरेको समेत खनालले बताउँनुभयो । नेता खनालले देशमा २०४६ सालपछि कुनैपनि सरकारहरुले हालसम्म सडकमा जुलुसहरु ननिकालेको उल्लेख गर्दै बर्तमान सरकारले सडकमा जुलुस निकालेर आफु लोकतान्त्रिक र लोकप्रिय भएको दंङ्का पिटिरहेको बताउँनुभयो । ओलीले काठमाण्डौमा गरेको सभाप्रति लक्षित गर्दै नेता खनालले भन्नुभयो ओलीज्युले काठमाण्डौमा कार्यक्रम गर्दाखेरी बादल लागेर कुहिरोले छेलेर सुर्य देखिएन बरु झापा र अन्य जिल्लामा सुर्य चिन्ह देखियो भन्दै नेता खनालले सुर्य चिन्ह र पार्टीको आधिकारीकता आफुहरुमा आउने दावी गर्दै प्रकृतिसमेत आफ्नै पक्षमा रहेको ब्याङ्ग समेत गर्नुभयो । कार्यक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री ओली पार्टीको निति सिद्धान्त र कार्यदिशाअनुसार चल्न नसस्नु र दक्षिणपन्थी भड्काउमा लागेर वलजफ्ती रुपमा सरकार चलाउन खोज्नुनै प्रतिगमनको कारण भएको बताउँनुभयो । पुर्वप्रधानमन्त्री खनालले सवोच्च अदातल कुनै राजा महाराजा र हुकुमी शासकहरुले र कुनै सेटिङबाट बनाएको अदालत नभएको र जनआन्दोलन २०६२÷६३ सालको को संविधानबाट बनाएको अदालत भएकोले नेपाली जनतालाई न्याय दिने र लोकतन्त्रको रक्ष ागर्ने विश्वास रहेको समेत बताउनुभयो । उहाँले आफ्हरु अझैपनि सांसद पुर्नस्थापना हुनेमा विश्वास रहेको बताउँदै हालसम्म अलग अलग हुदै आएको आन्दोलन समेत सयुक्त भएर अगाडि बढ्ने बताउँनुभयो ।
कार्यक्रममा नेकपा नेता तथा पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकर नेकपाका प्रदेश सहइन्चार्ज नेता नरेश खरेल तथा झापा जिल्ला इन्चार्ज रविन कोइराला , नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य रमण, नेकपा झापा जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजय लगायातको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेलको सभापतित्व तथा प्रेस संगठन प्रदेश कमिटी सदस्य लीलाराज झापालीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर