शरणामती,माघ २३।सरकारी कर्मचारी भन्ने बित्तिकै हाम्रो मस्तिस्कमा ढिलो र सुस्तता भन्ने बुझ्छौ।कार्यालय समयमा कार्यालय उपस्थित नहुने पनि हाम्रो मस्तिष्कमा आउन सक्छ।किनकी हामी कुनै सरकारी काम लिएर कुनै कार्यालयको दफ्तरमा जाँदा कहिले को भेटिदैन त कहिले कुन कर्मचारी नभेट्नाले हाम्रो मानसपटलमा सरकारी काम भन्ने बित्तिकै ढिलो र सुस्तता भन्ने बुझ्छौ।तर समय र परिबर्तन संगै निजामती सेवामा युवाहरुको प्रबेशले सरकारी काम पनि छिटोछरितो हुन थालेको छ।यो प्रसंग यहाँ किन जोडे भने झापा गाउँपालिका-६ शरणामती निवासी कुबेर थपलिया बिगत २०५४ साल देखि सरकारी सेवामा कार्यरत छन।
हाल झापा गाउँपालिका वडा नं ६ को कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थपलिया बिहानै ६ बजे नै अफिस खोल्छन।वडामा काम परेर उनलाई फोन सम्पर्क गर्दा उनी झट्ट कार्यालय आइपुग्छन।मानौ उनको सेवा चौबिसै घण्टा रहेको हुन्छ।दुई छोरी र एक छोराका पिता सम्म रहेका थपलियाको जन्म वि.सं-२०२६ सालमा भएको हो।वि.सं २०५४ साल देखि सरकारी सेवामा लागेका उनले २०५९ साल सम्म निशुल्क सेवा दिएको बताए।साबिक शरणामती गाबिस हुँदै बिबिध सरकारी सेवा दिदै आएका उनले उपस्वास्थ्य चौकि शरणामतीमा समेत कार्यालय सहयोगीको रुपमा काम गरेको बताए।उनी भन्छन “स्वास्थ्य चौकीमा काम गर्दा तलब दिने पैसा नभएर मानिसको दर्ता शुल्क २ रुपैयाँ उठाएको केही रकम संकलन समेत गरेर मलाई तलब दिइयो,स्थानिय आम्दानी थिएन,माथीबाट पैसा नै आउदैन थियो”।२०६० साल देखी १ बर्षमा चिया खान तलब दिए पनि २०६१ साल देखि द्वन्दकालमा २०६४ साल सम्म पुन: नि:शुल्क काम गरेँ उनले मुखमा कान्ति लेउदै दुखेसो सुनाए।
२०६४ साल देखि भने थोरैधेरै तलब थाप्न थालेको उनी बताउँछन।१० कक्षा सम्म अध्ययन गरेका थपलिया यसरी सरकारी सेवामा लागेको २२ वर्ष पूरा हुँदा हाल उनको तलब १८ हजार रहेछ।बाबुबाजेको ज्यथा एक बिघाह खेतबाट चामलको अभाव नरहने उनले बताए।दुई छोरी र एक छोरालाई पढाउन,बढाउन धेरै अभाव र संघर्ष झेलेको उनी बताउँछन।
हाल उनी निरन्तर बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म वडा कार्यालयमै हुन्छन।उनले वडाबासीका हरेक सेवा मुस्कान सहित दिने गरेका छन।वडाबासी लाई काम परेर फोन गरे तुरुन्तै कार्यालय आइपुग्ने थपलीयाको मुखमा असम्भव र नहुने भन्ने केही हुदैन।हो यस्तै कार्यालय सहयोगी अरु कर्मचारीका प्रेरक बन्न सक्छन।