कनकाई अनलाईन
कामचलाउ सरकारका साईबर स्यालहरुका केहि अनलाईनहरुबाट भोलीको बन्द फिर्ताको समाचार प्रचार गरिएको भन्द्रै नेकपा झापाले कडा प्रतिवाद गरेको छ । खासमा झापाबाटै प्रधानमन्त्रीको निजि खर्चबाट संचालित केहि अनलाईन मिडिया र साइबर स्यालहरुले फेसबुक हत्कडा प्रयोग गर्दै भोलीको बन्द फिर्ता भन्दै कपोलकल्पित भ्रम फैलाएको नेकपा आन्दोलन समितिका संयोजक बिजय साम्पाङ्ग राई बिजयले बताउँनुभयो ।
भोली अत्यावश्यक परिक्षाका विद्यार्थी र पत्रकारका गाडी कुदन भने नरोकिने साम्पाङ्गले बताउँनुभयो । साइबर स्यालका जवानहरुलाई यसरी जे पायो त्यहि नलेख्न अनुरोध गर्दछौ झापाका नेकपा सचिव बिजयले कनकाई अनलाईनसग भन्नुभयो ।