शरणामती,माघ २१।झापाको गौरादह नगरपालिका गौरादह खेलकुद विकास समितिको आयोजनामा जारी जिल्ला पालिका स्तरिय पुरुष भलिवल प्रतियोगीतामा दमक नगरपालिकालाई हराउँदै झापा गाउँपालिका फाइनलमा प्रबेश गरेको छ।दमकलाई ३-२ को सेटमा पराजित गर्दै झापा गाउँपालिका फाइनलमा प्रबेश गरेको हो।
लगातार २/२ सेटको दोहोरो घम्साघम्सी बिच खेलको पाँचौ सेटमा दमकलाई १४ स्कोरमा लगातार रोकेर झापा गाउँपालिकाले फाइनलको यात्रा तय गरेको झापा गाउँपालिकाका भलिवल टिमका क्याप्टेन गजेन्द्र ताम्ली लिम्बुले कनकाई अनलाइनलाई बताए।टिमका रोशन सिवाकोटी आजका म्यान अफ द म्याच घोषीत भएका छन।
यो संगै गत सोमबार देखि जारी खेलको भोलि फाइनल खेल सम्पन्न हुने भएको छ।फाइनल खेल झापा गाउँपालिका र बिर्तामोड नगरपालिका बिच हुने आयोजकले जनाएको छ।खेलमा विजेता टिमले नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५१ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने, उत्कृष्ट ५ विधामा पनि ट्रफीको व्यवस्था गरिएको गौरादह खेलकुद विकास समितिका सचिव निर्मल बास्तोलाले जानकारी दिए।
यस भन्दा अगाडि दमक भलिवल संघ झापाको आयोजनामा भएको प्रदेश नं १ अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगितामा समेत झापा गाउँपालिका भलिवल टिमले भोजपुरलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएको थियो।


