कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले ८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
इप्रका कुमरखोदका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक खड्गबहादुर गिरीको नेतृत्वमा रहेको प्रहरी टोलीले हिजो राती ७ बजेको समयमा विशेष सुराकीका आधारमा झापा गाउँपालीका ४ मसानघाटमा चेकजाँच गर्दा भारत किशनगंज सत्कैवा ग्राम पंचायत हल्दावान ८ बस्ने बर्ष ३० का मोहम्मत आलम र सोही स्थान बस्ने बर्ष २८ का मदिउर रहमानको साथबाट उक्त परिमाणको ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरी गिरीले बताउँनुभयो । उनीहरुको साथबाट खानतलासी गर्दा भारतीय नगद ९ हजार १ सय ७० रुपैँया मोवाइल २ थान, समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई हाल म्याद थप गरेर आवश्यक कार्वाही थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउँनुभयो ।