सडकबारी,माघ १७।झापा गाउँपालिका–२ को एक घरमा आगलागी हुँदा करिब रु १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
शनिबार साँझ ३.३० बजे सडकबारीका सन्जय दासको घरमा मानिस कोही नभएका बेला अचानक आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीका बिषयमा थप अनुसन्धान बाकी रहेको प्रहरीले बताएको छ।
आगलागीबाट दासको कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री,नगद,खाद्यान,लत्ता कपडा जल्दा करीब रु १ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख प्रहरी नायब निरिक्षक खड्गबहादुर गिरीले बताउनु भयो ।
आगलागीलाई स्थानिय तथा सशस्त्र प्रहरी बल नेपाल टाघनडुब्बा बिओपीको टोली र इप्रका कुमरखोदको टोलीले नियन्त्रणमा लिइसकेको छ।