Kanakai Online

प्रधानमन्त्रीकै बिरोधमा उनका गाउँबाशीहरु सडकमा


शनिवार, माघ १७, २०७७ |

कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी नेकपा बहुमतवाला प्रचण्ड–माधव समूहले प्रधान मन्त्री केपी शर्मा ओलीले चालेको असम्बैधानिक कदमको विरोधमा प्रदेश नं। १ को राजधानी विराटनगरमा शुक्रबार शक्तिप्रर्दशन गरेका छन् ।
प्रचण्ड माधव समुहका शिर्ष नेताहरुको उपस्थितीमा भएको सो विरोध सभा विराटनगरको जनआन्दोलन चोकको मूख्य सडक भरिभराउ थियो । झापा लगायात गाउँगाउँबाट हजारौंको सख्यामा आएका मानिसहरु जनआन्दोलन चोकको उत्तर दक्षिण पूर्वको सडकमा खचाखच भरिएका थिए ।

विरोध सभा अघि वरगाछी रोडशेष चोकबाट नारा जुलुस सहित सहभागिहरु जनआन्दोलन चोकमा भेला भएका थिए । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्यहरु केन्द्रिय नेताहरुको बाक्लो भिडभाडले कार्यक्रम खचाखच भरिएको थियो ।
बिरोध सभामा कसले के भने ?
प्रचण्डः

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान भएको बताएका छन् । शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले पार्टी एकता गर्दाताका शर्त बिर्सिएको बताउँदै ओली बेइमान र धूर्त रहेको बताए ।

मेरै प्रस्तावमा पार्टी एकता भएको हो’, उनले भने, तर तीन वर्ष पुग्दा–नपुग्दै पार्टी दुई भयो । एकता गर्दा आलो–पालो अध्यक्ष बन्ने र प्रधानमन्त्री आलो–पालो बन्ने भन्नु शर्त बिर्सिनुभयो । त्यसमा उहाँको पनि हस्ताक्षर छ । तर उहाँ बेइमान निस्किनुभयो, धूर्त निस्किनु भयो ।

ओलीले मात्रै संसद् भङ्ग गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ओली खलनायक भएर निस्किनुभयो । उहाँ प्रतिक्रान्तिहरूको गोटी बन्नुभयो । सामन्तवादी, पूँजीपति र दलालसमक्ष लम्पसार पर्नुभयो र संसद् भङ्ग गर्नुभयो । तर उहाँको संसद् भङ्ग भएको हो, उहाँको सरकार भङ्ग भएको हो देशको होइन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन् ।कार्यक्रममा ओलीले आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै प्रचण्डले आफूलाई न्याय चाहिएको बताए ।

केपीका मान्छेहरुले ‘तैले त छोराछोरी ज्वाइँको मात्र काम गर्छस् भनेर भनेका छन् नि भनेर प्रश्न आएको भन्दै प्रचण्डले प्रश्न गरे, ‘म निःसन्तान भइनँ, मेरो दोष हो रु’प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएके भन्दै ।

‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष होरु निकै भावुक देखिएका उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो रु छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो रु
माधव नेपाल

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताए ।ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ ।

हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताए ।

नेकपा प्रचण्ड–माधव समूहले विराटनगरमा शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शनमा सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीँ हुनुहुन्छ, माधव नेपाल यहीँ छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए रु’

उनले भने, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना मात्र छन्, ती विचरा सयजना पनि कहाँ आएर फसियो भन्दैछन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’

झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वास्तविक नेकपा हेर्नका लागि सडकमा आउन आग्रह गरेका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले वास्तविक नेकपा हेर्न सडकमा आउन आग्रह गरेका हुन् ।

‘टीभीमा फुकेर हुँदैन । नेकपा हेर्न सडकमा आउनुहोला’ उनले भने ‘सडकको यो भीड हो, नेकपा । हामी आधिकारिक नेकपा हौँ र यसको अध्यक्ष प्रचण्ड, माधव नेपाल र हामी हौं ।’

संसद् विघटन गरेर केपी ओलीले राष्ट्रमाथि घात गरेको उनले बताए । ‘केपी ओली भष्मासुर भएर निस्किनुभयो’ नेता खनालले भने, ‘संसद् विघटन गरेर ओलीले राष्ट्रमाथि घात गर्नुभयो ।’ केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा दुईतिहाइ सदस्य भएको उल्लेख गर्दै उनले वास्तविक नेकपा आफ्नो समूह भएको बताए ।

योगेश भट्टराइ
नेकपाका स्थानीय कमिटी सदस्य तथा पुर्व संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले ओलीले आफनो धरातल विर्सिएकाले चाडै नै राजनीतिबाट विदा हुने बताए ।
ओलीले लोकतान्त्रिक संस्कार र मान्यता विपरीत आफनो मात्र स्वार्थ सिद्ध गर्नलागेकोले नेकपाबाट छुटिएको बताए ।

सम्बन्धित खबर