Kanakai Online

भृकुटी आधारभुत विद्यार्थीमैत्री बन्दै।


बुधवार, माघ १४, २०७७ |

शरणामती,माघ १४।झापाको झापा गाउँपालिका-६ शरणामतीमा रहेको भृकुटी आधारभुत विद्यालय विद्यार्थीमैत्री विद्यालयका रुपमा स्थापित बनेको छ।बालशिक्षा देखि ८ कक्षा सम्म अध्यापन गराइने यस विद्यालयमा करिब ४०० जना विद्यार्थी रहेका छन।


कम्पुटर शिक्षाका लागि विद्यालयले बेग्लै कक्षको स्थापना गर्दै १० वटा कम्पुटर सेटको समेत व्यबस्था गर्दै कम्पुटर शिक्षकको समेत प्रबन्ध मिलाएको छ।२०७० साल देखि ६,७,८ लाई  स्मार्टबोर्डमा कक्षा संचालन गरेको विद्यालयले विद्यार्थीहरुको पठनपाठनलाई मौखिक मात्र नभई डिजिटलाईज गरेको छ।बि.सं २०२९ सालमा स्थापना भएको यस विद्यालयले समयको माग संगै काचुली फेर्दै आइरहेको स्थानिय बताउछन।


पछिल्लो समय विद्यालयले विद्यार्थीहरुलाई टिफिनमा नस्ताको समेत प्रबन्ध गरेको छ।बालशिक्षा देखि ५ कक्षा सम्मका नियमित उपस्थित करिव १७३ जना छात्रछात्रालाई हप्ताको ६ दिन नस्ताको प्रबन्ध गरिएको विद्यालयका प्रधानध्यापक मदनकुमार भण्डारीले बताउनु भयो।नेपाल सरकारले २०७७/०७८ मा खाजाका लागि छुट्याएको बजेटबाट नस्ताको प्रबन्ध गरिएको उहाँले बताउनु भयो।यसरी अब सधै नि विद्यालयमा खाजाको प्रवन्ध गरिने भण्डारीले बताउनु भयो।भण्डारीका अनुसार झापा गाउँपालिकाका सामुदायिक विद्यालयहरु मध्ये विद्यार्थीलाई नस्ता खुवाउने यो विद्यालय पहिलो हो।


यता कक्षा ४ मा अध्ययनरत छात्रा रिता तामाङले विद्यालयले नस्ता दिन थालेकोमा खुसी व्यक्त गर्नुभयो।त्यस्तै अर्की छात्रा सरस्वती महतले घरबाट खाजा लिएर आउने झन्झटबाट मुक्त भएको बताउनु भयो।उहाँले भन्नुभयो “घरबाट खाजा ल्याउदा साइकलमा पोखिने डर हुन्थ्यो सेलाउथ्यो,अब विद्यालयले दिन थालेको छ खुसी छु”।


त्यस्तै विद्यालयको समुचित बिकासका लागि आफ्नो कार्यकालमा घेराबारा साथै भवन समेत बनाइएको व्यवस्थापन समितीका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनु भयो।कार्कीले विद्यार्थीहरुलाई योग क्लासको समेत व्यबस्था गरिएको बताउनु भयो।उहाँले विद्यार्थीको मानसिक,शारीरिक तन्दुरुस्तता कायम राख्न विद्यालयले विविध कार्यक्रम संचालन गर्ने गरेको बताउनु भयो।अब विद्यालयमा बगैँचा निर्माण गर्ने योजना रहेको कार्कीले जानकारी दिनुभयो।

सम्बन्धित खबर