Kanakai Online

झापामा आज पाए ५३५ ले कोरोना बिरुद्धको खोप


बुधवार, माघ १४, २०७७ |

कनकाई अनलाईन
नेपाल सरकारद्धारा प्रदान गरिएको कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको दिन आज झापामा ५ सय ३५ जनाले यो खोप लगाएका छन् ।
तीन वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाइएको हो ।

झापाको मेची अस्पताल ७६, अनारमनी नगर अस्पतालमा ३१४ र दमक अस्पतलबाट १४५ जनाले खोप लगाएको स्वास्थ्य कार्याल झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । मेची प्रादेशिक अस्पतालका डा. मनिष सुबेदीले झापामा पहिलो खोप लगाएर खोपको सुरुवात गर्नुभएको हो ।
दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले लगाउनुभएको हो । आजै यसैगरी स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, मनोज भट्टराई, ल्याव टेक्निसियन रमेश भण्डारी लगायातले लगाउनुभएको हो ।

झापामा भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरे लगत्तै स्वास्थ्यकर्मीको टोलीले डा. सुबेदीको देब्रे पाखुरामा खोप लगाइदिनुभएको थियो । विर्तामोडस्थित अनारमनी नगर अस्पतालमा पहिलो खोप डा. हेमन्त राठीले लगाउनुभएको छ । विर्तामोडको खोप अभियानको शुभारम्भमा नगरप्रमुख ध्रुव शिवाकोटीले गर्नुभयो ।
झापाका अग्रपङ्तिका कर्मचारी र चिकित्सकहरुलाई आगामि माघ १८ गतेसम्म यस खोप लगाइने झापाका कोरोना फोकल पर्सन चम्लगाईले बताउँनुभयो ।

सम्बन्धित खबर