शरणामती,माघ १४।झापा गाउँपालिका-६ मा ३५ दिन भित्र जन्म दर्ता गर्नेलाई शिशु प्रोत्साहन भत्ता वितरण तथा उपाध्यक्षसँग मातृ शिशु कार्यक्रम अन्तर्गत सुत्केरी स्याहारको लागी न्यानो झोला तथा पोषण प्याकेज वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
वडाध्यक्ष हरी बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो भने झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको विशेष आतिथ्यता रहेको थियो।मंगलबार ६ नं वडाकार्यालयमा सम्पन्न कार्यक्रमा ३५ दिन भित्र जन्मदर्ता गर्ने १७ जनाले शिशु प्रोत्साहन भत्ता पाएका थिए भने सुत्केरी स्याहारका लागि २५ जनाले न्यानो झोला र पोषण प्याकेज पाएका थिए।
विशेष अतिथी बुढाथोकीले यो कार्यक्रम झापा जिल्लाको मात्र नभई देशकै नमुना कार्यक्रम भएको दावी गर्नुभयो।कार्यक्रममा प्रमुख अतिथी शाहले झापा गाउँपालिकाको जन्म देखी मृत्यु सम्मको कार्यक्रमले जनता र जनप्रतिनिधि बीच को सम्पर्क र सम्बन्ध प्रगाढ पारेको तथा आगामी दिन मा कार्यक्रम लाई अझै बढाएर लैजाने जानकारी दिनुभयो।शाहले हाल लाई जन्म दर्ता ३५ दिन भित्र गर्ने लाई रु १५०० प्रोत्साहन भत्ता दिए पनी यसलाइ बढाएर लैजाने प्रतिवद्वता जनाउनु भयो।
मोहन पोखरेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन वडा सचिव पुर्णचन्द्र मैनालीले गरेका थिए।त्यस्तै यस कार्यक्रम माथी स्वास्थ्यकर्मी अन्जु थपलियाले प्रकाश पार्नुभएको थियो।कार्यक्रममा कुमार ओली, हेमा राई, फूलमाया बिश्वकर्मा, बिंदा पौडेल,वसुन्धरा थपलिया, मन प्रसाद मिश्र, बिस्वनाथ राजबंशी,रमेश ताम्ली, गोपाल प्रसाई लगायतको आतिथ्यता रहेको थियो।