Kanakai Online

पेटका बिरामी श्रेष्ठलाई उपचारका लागि आर्थिक सहयोग


बुधवार, माघ १४, २०७७ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ इलुवावारी निवासी पेटका बिरामी सागर श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ ।
स्थानीय युवा व्यावसायी शंकर भट्टराईको पहलमा संकलन गरिएको १५ हजार रुपैँया बिरामी श्रेष्ठलाई प्रदान गरिएको हो । २८ बर्षिय श्रेष्ठ केहि महिनादेखि अत्याधिक पेट दुखेर बिरामी पर्नुभएको थियो । घरमा आर्थिक अवस्था अत्यन्तै कमजोर रहेपछि उपचारका लागि पैसा नहुदा पिडा सहेरै बस्न बाध्य श्रेष्ठको उपचारका लागि शंकर भट्टराई सहित दमकका जीवन कार्की, सुरुङ्गाका दिपेन्द्र थपलिया, गोविन्द ढकाल, रमेश खरेल, हेमन्त ढकाल, रविन ढुङ्गाना, बिजय गजुरेल, सुरेश उप्रेती, दिपक चापागाई, अन्जेस गिरी लगायातबाट संकलित रकम बिरामी श्रेष्ठलाई भट्टराईले प्रदान गर्नुभयो । हाल श्रेष्ठलाई उपचारका लागि बिर्तामोड पठाइएको र आवश्यक थप आर्थिक संकलन समेत जारी राखिएको शंकर भट्टराईले कनकाई अनलाईनलाई बताउँनुभयो ।
यता चेक गराउने समेत आफुसग रकम भएको र बिरामीका कारण थला पर्दा काममा समेत जान नपाउदा पिडा सहेरै बस्न बाध्य हुनुपरेको बिरामी श्रेष्ठले बताउँनुभयो ।

यता शंकरले आफ्नो तर्फबाट श्रेष्ठको निशुल्क स्वास्थ्य बिमा समेत गरिदिने घोषणा गर्नुभएको छ ।

सम्बन्धित खबर