मदरगाछ,माघ १३।सन्थाल समाज झापा गाउँपालिका-७ को आयोजनामा जारी जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलका दुई खेल सम्पन्न भएका छन।
चारपाने बिर्तामोड र बाह्रदशी राजगढ बिच भएको पहिलो खेलमा २-१ को गोल अन्तरले चारपानेले सेमीफाइनलको यात्रा तय गरेको छ।चारपानेका तर्फबाट गणेश हेमरमले २ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने राजगढका तर्फबाट आसिक टुडुले १ गोल फर्काएका थिए।
त्यस्तै आजै आयोजक र बिरेनमुनी बिच भएको दोस्रो खेलमा आयोजकले ३-१ को गोलान्तरले सेमिफाइनलको यात्रा तह गरेको छ।आयोजकका तर्फबाट अर्जुन सोरेन,रोसन मर्डी र उमेस मुर्मुले १/१ गोल लगाएका थिए।बिरेनमुनीका तर्फबाट रबिन सोरेनले १ गोल फर्काएका थिए।
प्रतियोगितामा विजेतालाई २५ हजार,उप–विजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिनु भएको छ ।जिल्लाका १६ टिमले सहभागीता जनाएको प्रतियोगितामा खेलाडीहरु सन्थाल समुदायकै युवा रहने उहाँले बताउनु भयो।मुर्मुका अनुसार १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने फाइनल खेलकै अबसरमा हाइस्कोरर र म्यान अफ द म्याच घोषीत १/१ जनालाई ट्रफी,मेडल र प्रमाण पत्र दिइनेछ।