Kanakai Online

ओली नयाँ ज्ञानेन्द्र बने कोइराला


आइतवार, माघ ११, २०७७ |

कनकाई अनलाईन
नेकपाका केन्द्रिय सदस्य रविन कोइरालाले केपीशर्मा ओली नयाँ ज्ञानेन्द्र बनेको आरोप लगाउनुभएको छ ।
आज सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको विद्यार्थीको इकाई कमिटीको भेलामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुदै नेता कोइरालाले ओलीले बषौ लगाएर जनताले बनाएको संविधान च्यातेको भन्दै देशभरका सबै सचेत नागरिकहरु आन्दोलनमा जानु परेको बताउँनुभयो । जनताले ओलीलाई तानाशाह बनाउनका लागि मत दिएका थिएनन तर उहाँले मलाई जनताले नयाँ ज्ञानेन्द्र बनाउन मत दिएकोझै गर्नुभयो । जनताको संविधान च्यातेर नयाँ ज्ञानेन्द्र बन्ने कोषिस गरिरहनुभएको छ । ओलीले अझैपनि अदालत, निर्वाचन आयोग लगायातमा सेटिङ्ग गर्न सकिन्छकि भनेर दौडधुप गरिरहेको भन्दै यसका लागि सचेतनाको आन्दोलन जरुरी भएको बताउँनुभयो ।
कार्यक्रममा नेकपा जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजय , नेकपा युवा नेता अशेष घिमिरे लगायातले सम्बोधन गर्नुभयो । भेलाले अनुप भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस इकाई कमिटीको समेत गठन गरेको विद्यार्थीका जिल्ला संयोजक अनिल सुवेदीले बताउँनुभयो ।

सम्बन्धित खबर