मदरगाछ,माघ १०।झापाको झापा गाउँपालिकामा जिल्ला स्तरिय सन्थाल नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ ।सन्थाल समाज झापा गाउँपालिका-७ को आयोजनामा जनकल्याण माध्यमिक विद्यालय मदरगाछको मैदानमा दिप ज्योती क्लबका अध्यक्ष डिल्लीराम चुडालले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
सन्थाल मौलिक ढोल बाजा र नृत्य सहित सुरु भएको खेलमा जिल्लाका दुई टिम बिच उद्घाटन खेल सम्पन्न भएको छ।बाह्रदशी गाउँपालिका राजगढ र भद्रपुर नगरपालिका बिच भएको पहिलो खेलमा राजगढले १-० को गोल अन्तरले भद्रपुरलाई पराजित गरेको छ।राजगढका ११ नम्बर जर्सीका अर्जुन मुर्मुले एक गोल लगाउदै आफ्नो टिमलाई बिजयी बनाउनु भएको थियो।त्यस्तै आयोजक र कचनकवल गाउँपालिका दल्की बिच भएको दोस्रो खेलमा आयोजकले कचनकवललाई ४-० को भारी गोल अन्तरले पराजित गरेको छ।आयोजक टिमका जर्सी नं १२ का अर्जुन सोरेनले २ गोल,जर्सी नं १९ का नवीन मुर्मुले १ गोल र जर्सी नं २२ का उमेश मुर्मुले १ गोल लगाउदै कचनकवललाई पराजित गरेको थियो।यस्तै भोलि समूह A अन्तर्गत कारामगुटु गौरिगञ्ज र चारपाने बिर्तामोड बिच पहिलो खेल हुनेछ भने दोस्रो खेल गरामुनी र बिरेनमुनी बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेतालाई २५ हजार,उप–विजेतालाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिनु भएको छ ।जिल्लाका १६ टिमले सहभागीता जनाएको प्रतियोगितामा खेलाडीहरु सन्थाल समुदायकै युवा रहने उहाँले बताउनु भयो।मुर्मुका अनुसार १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ भने फाइनल खेलकै अबसरमा हाइस्कोरर र म्यान अफ द म्याच घोषीत १/१ जनालाई ट्रफी,मेडल र प्रमाण पत्र दिइनेछ।
सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा झापा गाउँपालिका-७ का वडासदस्य लोकबहादुर बस्नेत,सामाजिक अगुवा तेज श्रेष्ठ,सखिचन्द्र ठाकुर लगायतले प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो।दिप ज्योती क्लबका सचिव बासुदेव दाहालले संचालन गरेको कार्यक्रममा छत्र पाण्डे,बिक्रम कार्की,दुर्गाप्रसाद पाण्डे,यामनाथ भट्टराई,डम्बर भट्टराई,नेत्र सिटौला लगायतको आतिथ्यता रहेको थियो।