झापा, माघ ०९ गते । झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका-२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित बिहिबार साँझ ६ बजे दमक नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लावारी नगरपालिका-२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।