Kanakai Online

समाचार प्रभाव-बैंक अगाडीको फोहोर उठ्यो।


सोमवार, माघ ५, २०७७ |

कुमरखोद,माघ ५।गत साता कनकाई साप्ताहिक र कनकाई अनलाईनमा “बैंक अगाडि फोहोरको डङ्गुर” भन्ने शिर्षकको समाचार प्रभावले यहाँ स्थित फोहोरको डङ्गुरलाई व्यवस्थापन गरिएको छ।

२० औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्य पारेर सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको आयोजना र झापा बजार व्यवस्थापन समितीको सहकार्यमा झापा गाउँपालिका-२ स्थित झापा बजारमा सोमबार सरसफाई कार्यक्रम गरिएको हो।इलाका प्रहरी कार्यालयले समुदायीक प्रहरी साझेदारी अन्तर्गत बजार सरसफाई गरेको प्रहरी नायव निरिक्षक खड्ग गिरीले कनकाई अनलाइनलाई बताउनु भयो।गिरीले झापा बजार भित्रको अव्यवस्थित फोहोर सफा गरिएको जानकारी दिनुभयो।

प्रहरीले आयोजना गरेको कार्यक्रममा झापा गाउँपालिका प्रमुख जयनारायण शाह,उपप्रमुख कुन्तीदेवी बुढाथोकी,२ नं वडाध्यक्ष नेत्रबहादुर खड्का,झापा बजार व्यवस्थापन समिती,स्थानिय लगायतको उपस्थिति रहेको थियो।

फोहोर व्यवस्थापन भएपछी कर्मचारी खुसी

राष्ट्रिय वाणिज्य बैंक झापा बजार साखाको अगाडि नै फोहोरको डङ्गुर भएपछी यहाँका कर्मचारी बिरामी पर्ने गरेका थिए।प्रहरीको आयोजना व्यवस्थापन समितिको सहकार्य र पालिका प्रमुख,उप-प्रमुखकै सहयोगमा फोहोर व्यवस्थापन गरिएकोमा कर्मचारीले खुसी व्यक्त गरेका छन।”फोहोर व्यवस्थापन गर्नमा सबैले सहयोग गर्नुभयो,दुर्गन्धले बस्न सकिएको थिएन,अब पनि यहाँ फोहोर नफाल्ने वातावरणमा सृजना गरिदिए आभारी हुने थियौ” बैंकका साखा प्रवन्धक छत्रबहादुर ढकालले भन्नुभयो।

अब फोहोर फाले जरिवाना

प्रहरीको आयोजना र बजार व्यवस्थापन समितीको सहकार्यमा अव्यवस्थित फोहोरलाई व्यस्थापन गरेपछी अब यसरी फोहोरलाई अव्यवस्थित रुपमा नफाल्न बजार व्यवस्थापन समितीका अध्यक्ष बिकास अग्रवालले आग्रह गर्नुभयो।”तोकीएको क्षेत्रमा फोहोर नफाली यत्रतत्र फाल्नेलाई पालिकाको निर्देशन अनुरुप जरिवाना शुल्क समेत लिइने”अग्रवालले जानकारी दिनुभयो।

सम्बन्धित खबर