कनकाई अनलाईन
ज्ञानज्योती युवा क्लव सुरुङ्गाद्धारा यहाँस्थित भगवती आधारभुत विद्यालय चप्रामारीका अविभावकलाई जाडोमा न्यानो कपडा बितरण गरेको छ ।
क्लवका अध्यक्ष नारायण भेटवाल, उपाध्यक्ष अनुप ओली, सचिव पारस खरेल, सहसचिव साजन आचार्य सदस्य डम्बर फुयाल , प्रकाश पाठक, केशव मैनाली, सल्लाहकार सागर ढुङ्गाना, स्वास्थ्यकर्मी तथा न्युरो फार्मेसीका सरोज ठाकुर लगायातको टोलीले विद्यालयमै पुगि विद्यालयका २० जना अविभावकलाई जाडोको न्यानो कपडा प्रदान गर्नुभएको हो ।
यस अघि कपडा बैँक समेत स्थापना गरि क्लवले कनकाईका ९ बटै वार्डमा न्यानो कपडा बितरण गर्दै आएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई ५ का वार्डअध्यक्ष कृष्णबहादुर राईले धेरै क्लवहरु गफ गर्ने काम नगर्ने रोगले सताएको बताउँदै ज्ञानज्योती युवा क्लव भने नाम अनुसारकै काम गर्न सफल भएको बताउँनुभयो ।
भगवनी आधारभुत विद्यालयका अध्यक्ष ओम पाठक, प्रअ खड्गप्रसाद बिमली लगायातले यस अघि क्लवले विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएकोमा यसबर्ष विद्यालयकै गरिब अविभावकलाई समेत सहयोग गरेर विद्यार्थीको अध्यायनमै सहयोग गरेको बताउँनुभयो ।
कार्यक्रमको संचालन क्लवका सचिव पारस खरेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष अनुप ओलीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष डिल्लीराम सेलुवाल, पिटिए अध्यक्ष गणपति सिटौला, समाजसेवी हरि सेलुवाल लगायातको आतिथ्यता रहेको थियो ।