कनकाई अनलाईन
राजवंशी समुदायको प्रिय खाजा भाक्कालाई सामान्य घर आगनदेखि देश विदेशका तारे होटलको प्रमुख परिकारका रुपमा चिनाउन झापाली राजवंशी समुदायका युवाहरु लागिपरेका छन ।
कोचिला गाभुर फ्रन्टको सक्रियतामा नेपाली राजवंशी समुदायको मुख्य खाजाका रुपमा रहेको भाक्कालाई विश्वसामु चिनाउने अभियान थालिएको हो । यसका लागि हरेक बर्षको पुस २७ गते बिर्तामोडमा राष्ट्रिय भाक्का दिवश मनाइदै आएको फ्रन्टका केन्द्रिय अध्यक्ष अभय राजवंशीले बताउँनुभयो ।
भाक्का दिवश सफ लबनेसगै फ्रन्टले आगामी बर्षदेखि कम्तीमा झापाका सबै मुख्य चौकहरुमा राष्ट्रिय भाक्का दिवश मनाउने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । राष्ट्रिय भाक्का दिवशका कार्यक्रम संयोजक तथा संचारकर्मी अर्जुन राजवंशीले भाक्का स्वास्थ्य तथा आर्थिक रुपमा समेत सस्तो पर्ने हुदा यसको सेवनबाट आर्थिक र स्वास्थय दुबै फाइदा मिल्ने बताउँनुभयो । भाक्का खाने कल्चर बिस्तारै गाउँबाट शहर तर्फ वढेको बताउँदै अबका केहि बर्षभित्रै विश्वका महगा होटलको मेन्यु बनाउने अभियानमा आफुहरु लागेको बताउँनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी