कुमरखोद,माघ ३।झापा गाउँपालिका-२ बालुवाटार स्थित संथाल आवासमा बनाइएको आइसोलेसन अस्पताल कुमरखोद स्वास्थ्य चौकीमा सरेको छ।बिरामीलाई स्वास्थ्य चौकीबाटै सेवा दिने बताइएको छ।
बालुवाटारमा रहेको संथाल आवास अब संन्थाल समूदायलाई हस्तान्तरण गर्नुपर्ने भएकोले अर्को निर्णय नभइन्जेल सम्मका लागि आइसोलेसन अस्पताललाई कुमरखोद स्वास्थ्य चौकीमा सारिएको कुमरखोद स्वास्थ्य चौकी प्रमुख श्यामकुमार न्यौपानेले बताउनु भयो।एमबिबिएस डाक्टर र दुई नर्सको सेवा सहितको अस्पतालमा जो कोइ बिरामीले पनि उपचार गराउन सक्ने न्यौपानेले बताउनु भयो।”बालुवाटरबाट अस्पताल यहाँ सरेको छ,अस्पतालबाट सेवा लिन सेवाग्राहीहरु लाई अनुरोध गर्दछौ” उहाँले भन्नुभयो।बेड सहितको ओपीडी सेवा पनि संचालनमा छ,अब स्वास्थ्य चौकी र अस्पतालको डाक्टर सहितको सेवा यही बाट हुन्छ न्यौपानेले जानकारी दिनुभयो।
गत मंशीर ३० गते एम.बि.बी.एस डाक्टर सहितको ५ सैंयाको अस्पताल संथाल आवासमा उद्घाटन गरिएको थियो।अस्पतालमा दुई नर्स,एक डाक्टर र एक कार्यालय सहयोगी गरि चार जना कार्यरत रहेका छन।अहिले झापा गाउँपालिकामा अस्थायी अस्पतालको सेवा दिए पनि निकट भबिष्यमै स्थायी अस्पताल बन्ने प्रक्रियामा रहेको बताइएको छ।