Kanakai Online

झापा गाउँपालिका ट्राफिक पोस्टद्वारा २९ हजार बढी राजस्व संकलन।


शुक्रवार, माघ २, २०७७ |

कुमरखोद,माघ २।झापाको झापा गाउँपालिकामा बसेको ट्राफिक प्रहरी पोस्टले छोटो समयमै २९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ।गत पौष ११ गते देखि यस पालिकामा बसेको ट्राफिकले उक्त राजस्व संकलन गरेको हो।

पालिकाका विभिन्न स्थान झापा बजार,कामाटोली,शरणामतीबाट १५ दिनमै जरिवाना बापत रकम संकलन गरिएको ट्राफिक प्रहरी हवल्दार कल्पना कटुवालले जानकारी दिनुभयो।हेलमेट नलगाई मोटरसाईकल चलाउने,लाइसेन्स नभई सवारी साधन चलाउने,चार पाङ्ग्रे सवारी सिट बेल्ट नलगाई कुदाउने र मापसे गरेर सवारी चलाउनेलाई कारबाही गरेको उहाँले बताउनु भयो।कारबाही गरेर जरिवाना शुल्क ५०० रुपैयाँ देखि १५०० रुपैयाँ सम्म लिएको कटुवालले बताउनु भयो।

कटुवालले ५० जनालाई जरिवाना शुल्कका साथ कारबाही गरेपनी करिब २०० जनालाई भने सम्झाई,बुझाई पठाइएको जानकारी दिनु भयो।

सम्बन्धित खबर