कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा प्रधान कार्यालय रहेको सहकारी संस्था लिमिटेड दुर्गापुर ५० औ बर्षमा प्रवेश गरेको छ ।
२०२८ साल पुस २९ गते स्थापना भएको यस सहकारी सफलतापूर्वक ५० औ बर्षमा प्रवेश गरेको हो । सहकारी ५० औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस बर्ष सहकारीले विविध कार्यक्रमका विच स्वर्ण महोत्सव मनाउन लागेको पत्रकार सम्मेलनको आयोजना गरि सहकारीका अध्यक्ष गोपाल उप्रेतीले जानकारी दिनुभयो । बुधवार सहकारीको कार्यालय भवन दुर्गापुरमा आयोजित पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष उप्रेतीले तत्कालिन पंचायती व्यावस्थामा सरकारबाट संचालनमा आई समुदायमा सहज रुपमा किसानहरुलाई सहुलियत रुपबाट ऋण तथा मलखाद लगायात उपभोग्य सामानहरु ख्रिद विक्रीका लागि संस्था स्थापना भएको जानकरी दिनुभयो ।
सहकारी ५० औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले स्वर्ण स्मारिक प्रकाशन र विविध कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो । जसमा मुल समारोह समितिमा संयोजक गोपाल उप्रेती रहनेगरिको १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने अध्यक्ष गोपाल उप्रेतीकै संयोजक रहने गरि स्मारिका प्रकाशन तथा सम्पादन समिति निर्माण गरिएको छ । रिता उप्रेती संयोजक रहेको साङगितिक तथा सास्कृतिक उपसमिति निर्माण गरिएको छ भने, लेखनाथ सुवेदीको संयोजकत्वमा साहित्य उपसमिति, भक्तबहादुर लिम्बुको संयोजकत्वमा गेट निर्माण तथा स्तम्भ निर्माण समिति, इश्वरीप्रसाद शिवाकोटी संयोजक रहनेगरि मंच तथा कार्यक्रम व्यावस्थापन उपसमिति, टिकाप्रसाद पाठक संयोजक रहनेगरि सम्मान तथा पुरस्कार व्यावस्थापन उपसमिति, अमृत योङहाङको संयोजकत्व रहनेगरि सूचना तथा संचार उपसमिति, धनपति चुडालको संयोजकत्वमा खेलकुद उपसमिति, गोपाल उप्रेतीकै संयोजकत्वमा अनुगमन तथा मुल्याङ्कन समिति र भरतकुमार थपलियाको संयोजकत्वमा रक्तदान उपसमितिको गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष गोपाल उप्रेती , कनकाई ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, लक्ष्मीपुर खानेपानीका अध्यक्ष लीलाबहादुर कटुवाल, भुकुटी माविकी प्राचार्य अन्जना सिटौला, संस्थाका पूर्व उपाध्यक्ष भीमप्रसाद राजवंशी लगायातले शुभकामना मन्तव्य तथा आआफ्ना विचार राख्नुभयो ।