कनकाई अनलाईन
अन्यायमा परेका व्यक्तिलाई्र न्याय दिलाउने जिम्मेवारी लिने वकिल नै अपराधको बाटो लाग्न थालेको उजुरी परेपछि झापा वार एसोसिएसनले एक जना अधिवक्ताको सदस्यता खारेज गरेको छ ।
वकालत पेशाको गरिमामा आँच पुर्याउने गतिविधि गरेको ठहर सहित झापा वारले डिकबहादुर बुढाथोकीको सदस्यता खारेज हुने गरी कारवाही गरेको हो ।
नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरिक्षक समेत रहेका बुढाथोकीले मुद्धा लडिरहेका सेवाग्राहीसंग अधिक रकम असुलेको, न्यायको खोजीमा आउने महिलाहरूसित यौन शोषण प्रयास गरेको, न्याय सम्पादनमा बिचौलियाको भूमिका खेल्ने भन्दै घुस रकम असुल्ने गरेको लगायत उजुरी परेपछि छानविन गरेर झापा वारले दोषी पाइएपछि सदस्यता खारेज गरेको हो ।
नेपाल प्रहरीको जागिर छोडेपछि बुढाथोकीले वकालतको नामा प्रहरी प्रशासनमा समेत प्रभाव छोड्दै रकम कमाउने गरेको उनकै सहकमीहरूको भनाइ छ । पीडितका अनुसार डिर्भोसका लागि अदालत आउने महिलाहरूबाट १५ लाखसम्म रकम असुल्ने गरेको, अधिकार र सम्पत्तिमा पहुँच बढाइदिने भन्दै यौन दुव्यवहार र यौन प्रस्ताव गर्ने गरेको भन्दै बुढाथोकी बिरूद्ध केही पीडित महिलाहरूले उजुरी गरेपछि छानविन गरी झापा वारेले कारवाही गरेर सदस्यता खारेज गरेको छ । उनको कानुन व्यवसायी परिषद काठमाण्डौमा अधिवक्ता पदको लाइसेन्स खारेजीका लागि सिफारिस समेत गरेको वार झापाले जनाइएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा