कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाका महिलाहरुका लागि साप्ताहिक फेसन डिजाइन सम्बन्धि तालिम सुरुङ्गा कनकाई उद्योग बाणिज्य संघको हलमा सुरु भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायि संघ जिल्ला कार्यसमिती कनकाईको आयोजना र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भइरहेको तालिममा कनकाई नगरपालिका क्षेत्रका ७० महिलाको सहभागिता रहेको नेपाल कपडा तथा सिलाई व्यावसायी संघ कनकाईकी अध्यक्ष रुपा चापागाईले बताउँनुभयो ।
तालिम पछि अर्धदक्ष रुपमा रहेका सिलाई कटाइमा रहेका महिलाहरु थप दक्ष र व्यावसायिक हुने चापागाईले बताउँनुभयो ।
उदघाटन कार्यक्रममा बोल्दै संघका केन्द्रिय सदस्य हरि नेपालीले संघको पहलमा देशभर रहेका सिलाई कटाई र सटिङ्ग सुटिङ्गमा भ्याट छुट लगायातको सहुलियत ल्याउन सकिएको भन्दै संघको संयोजनमा उद्यमी महिलाको सीपका लागि तालिमको आयोजनाहरु भइरहेको बताउँनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै उद्यमी महिला कनकाईकी अध्यक्ष महिला नेतृ कविता बस्नेतले महिलाहरुको शसक्तिकरण विना देश विकास नहुने भन्दै आर्थिक विकास विना यो सम्भव नभएको बताउँनुभयो । कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी बिमली लगायातको आतिथ्यता रहेको कार्यक्रमको संचालन संघका जिल्ला सचिव महेन्द्र दासले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संघकी कनकाई अध्यक्ष रुपा चापागाई रहनुभएको थियो । तालिममा सहभागिलाई संगिता गौतमले प्रशिक्षण दिइरहनुभएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा