Kanakai Online

वाणिज्य बैंक अगाडि फोहोरोको डङ्गुर,कर्मचारी भन्छन दुर्गन्धले बस्न सकिएन।


शुक्रवार, पौष २४, २०७७ |

झापा,पौष २४।झापाको झापा गाउँपालिका-२ झापा बजारमा मा रहेको राष्ट्रीय वाणिज्य बैंक परिसर फोहोर फाल्ने डम्पिङ साइट बनेको छ ।यसरी झापा बजारबाट उत्पादित फोहोरलाई व्यबस्थापन गर्न सम्बन्धित निकाय भने मौन छ । 


दुर्गन्धित फोहोरका कारण बैंकका कर्मचारी र ग्राहक भने कार्यालयमा बस्नै नसक्ने अवस्थामा पुगेका छन् । यो ठाउँमा झापा बजारबाट उत्पादित फोहोर फालिँदै आएको छ ।यहाँ अन्त कहीँ फोहोर फाल्ने ठाउँ नभएका कारण अव्यवस्थित तरिकाले फोहोर फाल्ने गरिएको छ । 
त्यसो त यो फोहोरको डम्पिङ वडा कार्यालय १/२ देखि ५० मिटरको दुरीमा मात्रै छ।

दुर्गन्धले कर्मचारी बिरामी

राष्ट्रीय वाणीज्य बैंक को साखाकै अगाडि फोहोरको डङ्गुर हुनाले  फोहोरको दुर्गन्धकै कारण उनीहरू बिरामी पनि पर्ने गरेका छन् । फोहोर फाल्ने गरेको बैंककै कार्यालयसँगै बजार पनि जोडिएको छ । ‘फोहोर यहाँबाट हटाउन कतिपटक आग्रह ग¥यौँ । कसैले सुन्दैन । यहाँ त दुर्गन्धले बसिसक्नु नै हुँदैन। राष्ट्रीय वाणिज्य बैंकका प्रबन्धक छत्रबहादुर ढकालले भने, ‘हामीलाई त फोहोरकै कारण अन्य संक्रमणको खतरा छ ।’ 

जनप्रतिनिधि के भन्छन।

बजारबाट उत्पादित फोहोर भएकाले बजारको सम्पुर्ण जिम्मा,अधिकार झापा बजार व्यबस्थापन समितिको भएकाले समितिले नै यसको उपाय खोज्नुपर्ने झापा गाउँपालिका-२ का वडाध्यक्ष नेत्रबहादुर खड्काले बताए ।उनले भने”हामीले बजारको सम्पुर्ण अधिकार बजार व्यवस्थापन समितिलाई दिएका छौ,समितीले नै यो फोहोरको व्यवस्थापन गर्नुपर्ने दायित्व हो।”

बजार व्यवस्थापन समिती यसो भन्छ।

झापा बजार व्यवस्थापन समितिका उपाध्यक्ष मनोज खत्रीले बजार सरसफाई गर्ने एक मात्र व्याक्ती भएकोले फोहोरको उचित व्यवस्थापन हुन नसकेको बताए।खत्रीले उक्त मानिसलाई स्थानिय सरकार आफैले तलब दिएर राखेको,उनले नी धेरै तिर एक्लै काम गर्नु परेको सहि व्यबस्थापन हुन नसकेको बताए।”हामीले धेरै पहल गरेउ,स्थानिय सरकारलाई बजार व्यबस्थापनमा बजेट छुट्याउनु आग्रह पनी गरेउ तर सुनवाई भएन” खत्रीले भने।स्थानिय सरकारले बजार व्यवस्थापनका लागि केही बजेट छुट्याइदै फोहोरको उचित व्यवस्थापन गर्न पछी नपर्ने उनको तर्क छ।खत्रीले सम्पुर्ण अधिकार बजार व्यस्थापनलाई दिएको भने पनि समितिलाई अपाङ्ग र निरीह बनाइएको बताए।”हामीले सुन्दर र सभ्य बजार निर्माणका लागि वडाकार्यालयमा  लिखित निवेदन पनि दिउ तर सुनवाई भएन” खत्रीले भने।अपाङ्ग र निरीह बनाइएको समितिले कसरी बजार सुन्दर बनाओस खत्रीले तर्क गरे।


ऐनअनुसार स्थानीय तहले फोहोरमैला स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नुपर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्थासमेत गर्नुपर्नेछ । तर, झापा गाउँपालिकामा भने जनताको आवतजावत हुने ठाउँमै फोहोर फाल्ने गरिएको छ । 

सम्बन्धित खबर