Kanakai Online

ज्ञानज्योती युवा क्लवद्धारा असाहयलाई खाद्यान र नगद सहयोग


बिहिवार, पौष २३, २०७७ |

बनकाई अनलाईन
कनकाई नगरपालिकास्थित कनकाई माई किनारामा बस्दै आएका साधु सन्त र असहायलाई यहाँस्थित ज्ञानज्योती युवा क्लवले आज खानेकुरा र नगद सहयोग प्रदान गरेको छ ।
क्लवका अध्यक्ष नारायण भेटवाल, उपाध्यक्ष अनुप ओली सदस्यहरु डम्बर फुयाँल, गोविन्द सुवेदी सल्लाहकार कुमार पालुङ्गा, सागर ढुङ्गाना, लगायातको टोलीले खोला किनारामा बस्दै आएका असाहय र साधु सन्तलाई भोजन गराउनको साथै नगद, चिनी, चियापत्ती सहयोग गरेको हो ।


माइ किनारामा भक्तजनले दिएको चामल भेटीबाट आफ्नो जीवन गुजारा गर्दै आएका साधुसन्तहरु पछिल्लो समय कोरोना महामारीका कारण कनकाई माईमा पुजा गर्न आउने भक्तजनहरु घटेपछि जीवन गुजारामै समस्या भएको साधु छत्र गिरीले बताउँनुभयो । महामारीका बेलामा पनि आफ्नै सक्रियतामा यहाँ रहेका २५ जनाको समुहलाई अयन्त्रबाट सहयोग संकलन गरेर दैनिक भोजन गराउने गरेको गिरीले बताउँनुभयो ।


यसैविच स्थानीय न्युरो फार्मेसी सुरुङ्गाका संचालन सरोज ठाकुर क्लवका सदस्य डम्बर फुयाँल, भक्ति भट्टराई लगायातको आर्थिक सहयोगमा त्यहा रहनुभएका साधुसन्तलाई खानेकुरा र चिनी सहयोग गरिएको क्लवका सहसचिव साजन आचार्यले बताउँनुभयो ।


चिसो जाडोमा रहनुभएका वृद्धवृद्धाले जाडोमा तातो खानेकुरा नगद र केहि महिना पुग्ने चिनी चियापत्ती पाएसगै क्लवका मनकारी युवालाई धन्यावाद दिएका थिए ।


क्लवका अध्यक्ष नारायण भेटवालले क्लवका साथीहरुको पकेट मनि कटाएर असाहायलाई सहयोग गर्न आएको बताउँनुभयो । जेष्ठ नागरिकका लागि आफुहरु केहि दिनभित्रै न्यानो कपडा लिएर आउने अध्यक्ष भेटवालले वाचा गर्दा न्युरो फार्मेसीका संचालक सरोज ठाकुरले समेत यस क्षेत्रमा आफ्नो फार्मेसीका तर्फबाट निशुल्क डाक्टर सहितको हेल्थ क्याम्प राख्ने प्रतिवद्धता जनाउनुभयो ।

सम्बन्धित खबर