कनकाई अनलाईन
प्रधानमन्त्री खड्क प्रसाद ओलिले संसद विघटन गरेपछि देशभरी बिरोध प्रदर्शन सुरुभएको छ । संसद विघटन असंबैधानिक भएको भन्दै विभिन्न दल , नागरिक समाज र संघसङ्गठन हरुले बिरोध प्रदर्शन गर्दै आएका छन ।
येसैबिच आगामी पौष २६ गते बयलगाडा प्रदर्शन हुने भएको छ । अनेरास्ववियुले प्रधानमन्त्रीको कदमको बिरोधस्वरुप बयलगाडा प्रदर्शन गर्ने तयारी गरेको हो ।प्रचण्ड – नेपाल नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष रन्जित तामाङद्वारा जारी प्रेस बिग्यप्तीमा आगामी पौष २६ गते ओलि बिरुद्ध सडकमा बयलगाडा प्रदर्शन गर्ने उल्लेख गरिएको छ ।
अनेरास्ववियुले पौष २१ गते आज देखि २९ गतेसम्मको लागि देशब्यापी बिरोध प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ । ओलिको प्रतीगामी कदमको विरुद्धमा अनेरास्ववियु सशक्त रूपमा उत्रिएको अध्यक्ष रन्जित तामाङले बताए । पहिलो चरणको बिरोध कार्यक्रम लाई हेरेर माघ १ गतेदेखि दोश्रो चरणको बिरोध कार्यक्रम घोषणा गरिने अनेरास्ववियुले जनाएको छ ।