झापा,पौष २१।झापा गाउँपालिका-२ स्थित झापा बजारमा युनिक आरजे कम्पुटर ईन्स्टिच्युट र सफ्टवेयर डेभोलोपमेन्ट संचालनमा आएको छ।इन्सिट्युटमा कम्पुटर सबन्धी विविध कोर्षको अध्यापन गराइने संचालक जगरनाथ गणेशले कनकाई अनलाइनलाई बताउनु भयो।
गणेशले आफ्नो ईन्स्टिच्युटले बिद्यार्थीलाई advance operating course,accounting package,web page designing,programming language,graphic designing,hardware & networking,designing & printing,all kinds of software development र mobile application development सम्बन्धी अध्यापन गराउने जानकारी दिनुभयो।गणेशले एकै साथ १६ जनाले कक्षा संचालन गर्न मिल्ने गरि ईन्स्टिच्युट संचालनमा ल्याएको भन्दै यो ईन्स्टिच्युट झापा गाउँपालिकाकै पहिलो रहेको दाबी गर्नुभयो।
गणेशले यो ईन्स्टिच्युट झापा गाउँपालिकाकै पहिलो हुनाले अब यहाँका विद्यार्थीले कम्पुटर सिक्न सुरुङ्गा बिर्तामोड गइरहनु पर्ने झन्झटबाट मुक्त हुने बिश्वास व्यक्त गर्नुभयो।अंग्रेजी नयाँ वर्षको अबसर पारेर जेनवरी १ तारिखका दिन विधिवत उद्घाटन गरिएको ईन्स्टिच्युटमा अहिले ५० जना विद्यार्थीले विभिन्न कोर्षमा अध्यापन गरिरहेको गणेशले बताउनु भयो।