कनकाई अनलाईन
झापाको पर्यटकिय क्षेत्र माइधारमा पहिलो पटक ए श्रेणीको बैंक माछापुच्छे बैंक स्थापना भएको छ ।
सोमवार विशेष कार्यक्रमका विच बैंकको साखा रहित बैंकिङ सेवाको शवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले विशेष कार्यक्रमका विच उदेघाटन गर्नुभयो ।
सेर्माले बैंकिङ सेवाको उद्घाटन गर्नुहुदै यस क्षेत्रमै पहिलो पटक ठुलो बैँकको स्थापना भएको भन्दै यस क्षेत्रको विकास र समृद्धिको यात्रामा बैंक कोसेढुङ्गा सावित हुने बताउँनुभयो । बैंकलाई नगरपालिकाको तर्फबाट स्वागत गर्दै जुनसुक्कै सहयोग गर्न नगरपालिका तत्पर रहेको समेत बताउँनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले नगरको विकास भनेको भौतिक विकास मात्रै नभएको भन्दै आर्थिक गतिविधिविना सबै विकास अपूरो अधुरो रहने भन्दै बैँकको यस क्षेत्रमा पहिलो पटक स्थापना भएकोले विकासको गतिले तीव्रता पाउने बताउँुनुभयो ।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका १० का वडाअध्यक्ष कर्णबहादुर थापाले यस क्षेत्रका समाजिक सुरक्षा भक्ता लिने ७०० भन्दा वढी नागरिकले हालसम्म भक्ता लिनकै लागि ठुलो सकसको सामाना गरिरहेको भन्दै आफ्नै गाउँघरबाटै यस भक्ता लिन पाउने भन्दै खुसी व्याक्त गर्नुभयो ।
कार्यक्रममा नागरिक समाजका अगुवा ओमदेव शाही लगायातले बैँक माइधार क्षेत्रमा पहिलोपटक स्थापना भएको भन्दै स्वागत गर्नुभयो ।
कार्यक्रममा बैँकका प्रदेश नम्बर एकका सहायक प्रमुख मुकेश थापाले बैँकको देशभर १६० साखा १९८ वटा एटिएम कार्ड र १४९ वटा साखा रहित बैँकिङ सेवा रहेको भन्दै साखा रहित बैङ्गिक सेवाबाट समेत साखाले दिने प्राय सबै सेवा खाता खोल्ने , पैसा राख्ने, झिक्ने, ऋिणको माग गर्ने, एटिएमकार्ड लगायातका सेवा प्रवाह गर्न सकिने बताउँनुभयो । थापाले माइधारमा खोलिएको खाता र चेकबुक सिधै राष्ट्रिय प्रणालीमा जोडिन्े भएकोले धुक्कले कारोवार गर्न समेत सबैसग आग्रह गर्नुभयो ।
कार्यक्रममा साखा रहित बैङ्गिक सेवा माइधारका प्रमुख विवेक सुवेदीले चाडै यस क्षेत्रमा यस बैँकको साखा नै स्थापना गरिछाड्ने प्रतिवद्धता जनाउनुभयो ।