कामाटोली,पौष १३।झापा गाउँपालिकाले मंशीर मसान्त सम्मको विपद व्यवस्थापन तथा प्रकोप व्यवस्थापन कोषबाट भएको खर्चको विवरण सार्वजनिक गरेको छ।जसमा कुल खर्च ४१ लाख ९२ हजार ४ सय ३९ रुपैयाँ उनासी पैसा रहेको छ। गाउँपालिकाले यो खर्च विबरण दुई चरणमा सार्वजनिक गरेको हो।
गत असोज २० गते २०७७/०७८ को हाल सम्मको भन्दै ९ लाख ४४ हजारको खर्च विबरण सार्वजनिक गरेको पालिकाले पुन: पौष १२ गते ३१ लाख ४८ हजार चार सय उन्चालीस रुपैयाँ उनासी पैसाको खर्च विबरण सार्वजनिक गरेको हो।पालीकाले खर्च विबरणमा क्वारेन्टिन निर्माणमा ३०,२९० रुपैयाँ,क्वारेन्टिनमा प्रयोग हुने सामग्री ६३,२२०,क्वारेन्टिनमा बस्नेको खाना खर्चमा २,०१,७२०,आइसोलेसन खाना खर्चमा ७,८५०,यातायात खर्च एम्बुलेन्स भाडामा २,८०,३००,औषधीजन्य सामग्री २,९५,२१०,अन्य ६५,४१०,गोलीकाण्ड पिडितलाई राहत(वडा-३) ५०,०००,डिल्लीराज मा.वि क्वारेन्टिन र बाढी पिडितलाई राहात र आइसोलेस सेन्टरको जम्मा खर्च १०,४०,३६८,एम्बुलेन्स भाडा ३,८८,४९४,कोरोना सबन्धी सचेतनाको सुचना प्रचारमा ३७००,रबरबोट मर्मत तथा ससस्त्र प्रहरीलाई इन्धनमा ७५,११०,इप्रकालाई इन्धन तथा प्रहरी पोस्ट निर्माणमा १,१०,३४०,सशस्त्र प्रहरीको तोडफोड भएको गाडी मर्मतमा ४९,५६८,भिटिएम खरिदमा २,०६,०१०,कोभिड १९ रोकथाम अत्यावश्यक औषधि खरिदमा १,७१,६२४,जनता मावी क्वारेन्टिन खर्चमा ४,१८,७९९,क्वारेन्टिन स्थल सामग्री ढुवानी र व्याक्ती ओसारपसारमा ११,५००,कोरोना संक्रमणबाट मृत्यु हुनेको शब व्यवस्थापन १५,०००,स्वाब संकलन गर्ने टेक्निसियनलाई भुक्तानी ३९,६००,कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता १,५७,५००, वडा ७ को सिफारिसमा आगलागी पीडितलाई राहतमा २७,६०५ र कोरोना रोकथाम सचेतना अभियान पेश्की ३,२३,२२१ रुपैयाँ गरेर मंशीर मसान्त सम्मको कुल खर्च ४१ लाख ९२ हजार ४ सय ३९ रुपैयाँ उनासी पैसा रहेको गाउँपालिकाका सुचना अधिकारी हिमाल मिश्रले कनकाई अनलाइनलाई बताउनु भयो।
गाउँपालिकाले अहिले सम्मको कुल विपद खर्च सार्वजनिक गरेपनी विपद कोषमा जम्मा भएको नगद र जिन्सीको आय विबरण सार्वजनिक भने गरेको छैन।गाउँपालिकाले विश्वव्यापीरुपमा फैलीएको कोरोना भाइरस नियन्त्रण गर्न गत चैत १० गते देखि केही महिना गाउँपालिकामा लकडाउन घोषणा गर्दै २५ लाखको विपद कोष खडा गरेर इच्छुक संघ संस्था,समाजसेवी,दाताहरुलाइ सहयोग गर्न आव्हान गरेको थियो।फलस्वरूप विभिन्न क्षेत्रबाट गाउँपालिकालाई नगद रकम र जिन्सी सहयोग आएका थिए।उक्त आएको सहयोगको आय र विभिन्न स्रोतबाट आएको आय भने गाउँपालिकाले सार्वजनिक गरेको छैन।