कनकाई अनलाईन
कनकाई नगरपालिका ३ सुरुङ्गा बजार उत्तर खानेपानीको कम्पाउडमा बिहिवार अनौठो दृश्य देखियो ।
समाजमा अपहेलित तथा सडक मानवका रुपमा रहदै आएका दर्जनौ यस्ता व्याक्तिहरु त्यहाँ ल्याइएको केहि समयमै सफासट मात्रै बनेनन कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले फुलमाला र खादा लगाएर सम्मान गर्नुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले झापा जिल्लालाईनै सहयोगापेक्षी र सडकमा आश्रित मानवहरुको उद्धारका लागि झापाका सबै पालिकाहरुले त्यहाँ रहेका सडक मानवहरुलाई उद्धार गरि कनकाई नगरपालिकास्थित सुरुङ्गामा ल्याएका हुन । जसमा मेचीनगरबाटमात्रै सर्वाधिक २९ जना र कनकाई नगरपालिकाबाट १४ जना यस्ता मानवहरुलाई उद्धार गरि ल्याइएको हो । यसैगरि दमकबाट १३ जना, बुद्धशान्तिबाट ४ जना, बिर्तामोडबाट ७ जना भद्रपुरबाट ३ र गौरीगंजबाट ५ जनालाई ल्याइएको हो ।
सुरुङ्गामा सडकमा कष्टकर जिवन विताइरहेकाहरुलाई ल्याएर सरसफाई मात्रै गरिएन दाह्री कपाल हात खुट्टामा नङ्ग काट्नुको साथै नयाँ कपडा, टोपी लगाएर मिठो खाना समेत खुवाईको थियो । मानव सेवा आश्रमका स्वयमसेवकहरुले सरसफाई र उद्धार गरेपछि उपस्थित सबैजनामा खुसीयाली छाएको थियो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल यस्तो संयोग र खुसी जीवनमै विरलैमात्रै देखिने बताउँनुभयो ।
कार्यक्रममा रिर्पोटिङ्गमा आउनुभएका देशका चर्चित युटुभर तथा सन्चारकर्मी भाग्य नेउपाने समेत तीनै तहका सरकारको समन्यमा गरिएको उत्कृष्ट कार्यको खुलेर प्रसंसा गरेका थिए ।