कनकाई अनलाईन
गोविन्द सुवेदी झापा कनकाई नगरपालिकाका ३ का युवा नेता हुनुहुन्छ ।
विश्व कोभिड महामारीको आक्रान्त भएको बेला उहाँले आफ्नै घरभाडा छुट देखि लिएर पुकार अपांग समाजको सचिव देखि लिएर विभिन्न संघ संस्थामा रहेर सामाजिक काम गदै आउनुभएको छ । उहाँले लक डाउनको बेला पनि देशभरका अस्पतालमा रहेका विरामी कुरुवा हरुका लागि निशुल्क रिचार्जको व्यावस्था गर्नु भएको थियो जुन देशव्यापि रुपमा चर्चित गर्नुभयो । गोविन्द सुवेदी उहाँ सुरुङ्गा बजार व्यावस्थापन समितिको सहसचिव साथै फ्रेण्डर्स ग्रुप नेपाली मंच नेपालका केन्द्रिय सचिव रहनुभएको छ ।
उक्त क्लव कनकाई नगरपालिकामा कोभिड विरुद्धको अभियानमा कनकाई नगरपालिकालाई ३६ हजार रुपैँया आर्थिक सहयोग कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गर्नुभयो । भारतमा रहेका नेपालीहरुका जो भारत सरकारको पहुचमा नपुगेको अलपत्र परेकारुका हरुलाई समेत १ लाख ६० हजार रुपैँया सहयोग गर्नुका साथै नेपालको बोर्डर पानीटंकी डिगंल बैक द्ेखि कनकाई नगरपालिकासम्म ल्याउनका लागि युवा नेता गोविन्द सुवेदीले मुख्य भुमिका खेल्नुभएको थियो ।