सुरुङ्गा, पुस ९ गते । सरकारले घोषणा गरेको सहयोगापेक्षी सडकमा आश्रित मानवहरुको उद्धार कार्यक्रम अन्तर्गत झापाका विभिन्न पालिकामा रहेका ७३ जनाको बिहिबार उद्धार गरिएको छ । झापाका विभिन्न पालिकाहरुबाट सडकमा वेवारिसे अवस्थामा रहेका विभिन्न उमेर समुहका व्याक्तिहरुको उद्धार गरि कनकाई नगरपालिका सुरुङ्गामा उनीहरुलाई सरसफाई गरि विराटनगरस्थित मानव सेवा आश्रममा पठाइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
सरकारल पुस ७ गतेदेखि सुरु भएको अभियान एक महिनासम्म देशभरमा संचालन गरिने मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउँनुभयो । यस अभियानको सुभारम्भ प्रदेश एककी सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले गर्नुभयो । गजमेरले सररकारले अवका केहि महिनाभित्रै प्रदेशलाईनै सडकमानवमुक्त बनाइने भन्दै यसका लागि तिनै तहका सरकार र नागरिक समाजको भुमिका महत्वपूर्ण हुने बताउँनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लगायातले झापाको सडकमा अव वेवारिसे मानव नहरने बताउँनुभयो । पहिलो चरणमा प्रदेश एकको झापा मोरङ्ग र सुनसरीमा यो अभियान संचालन गरिएकोमा झापका विभिन्न पालिकाहरुबाट मेची नगरपालिकाबाट २९ जना, दमकबाट १३ जना,बुद्धशान्तिगाउँपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट ७ जना, भद्रपुर नगरपालिकाबाट ३ जना, कनकाई नगरपालिकाबाट १४ जना र गौरीगंज गाउँपालिकाबाट ५ जनालाई उद्धार गरि विराटनगर आश्रममा पठाइएको र उनीहरुमध्ये दुव्यसर्नीमा रहेकाहरुलाई सुधार केन्द्रमा राखिने वालवालिकाहरुलाई वाल आश्रममा र बाकीलाई मानव सेवा आश्रममा राखिने आश्रमका अध्यक्ष अधिकारीले बताउँनुभयो । विभिन्न पालिकाबाट कनकाई नगरपालिकाको सुरुङ्गामा ल्याइएका सडक आश्रितहरुलाई सरसफाईपछि कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले फुलमाला लगाएर विदाई गर्नुभएको थियो भने अन्य दाताहरुबाट कपडा र न्यानो टोपी प्रदान गरिएको थियो ।