Kanakai Online

धुलो पिडित स्थानियले फुलगाछी चौकमा लगाए ढाँट।


बिहिवार, पौष ९, २०७७ |

फुलगाछी,पुस ९।झापा गाउँपालिका-६ मा पर्ने फुलगाछी चौकमा यहाँका स्थानियले ढाँट लगाएका छन।निर्माणाधिन अमरपथ सडकमा चल्ने सवारीले अत्यधिक धुलो उडाएको भन्दै यहांका स्थानियले सवारी आवागमन ठप्प पारेका हुन।

स्थानिय रामकुमार खरेलको अगुवाईमा अवरोध गरिएको बाटोमा केही टृपर रोकिएको थियो भने ट्रीपरकै पछाडी आउँदै गरेका गाउँपालिका प्रमुख जयनारायण शाहको गाडी पनि रोकियो।शाहले गाडीबाट उत्रेर रोक्नुको कारण बारे स्थानिय संग संवाद गरेका थिए।स्थानियले गाउँपालिका प्रमुख संग अत्यधिक धुलो उडेकाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनेर आफुहरुले बाटोमा हिड्ने सवारी आवागमन ठप्प पारेको बताएका छन।शाहले यो बाटोमा जति पानी हाले पनि धुलो न्यूनीकरण नहुने जिकिर गर्दै आफ्नो कार्यालयले धुलो न्यूनीकरण गर्न पानी हाल्ने बारे पहल गरेको बताए।

शरणामती देखी उता पानी हाल्ने यता नहाल्ने हामीले यता पानी हाल भनेर पानीको ट्याङकरलाई आग्रह गरे पनि आदेस छैन भनेको स्थानियले प्रमुख संग गुनासो गरेका छन।पालिका प्रमुख शाहले ट्याङकरलाई सबै तिर पानी हाल भनेको बताए।शाहले पानी हालेपनी कति दिन धुलो नआउला र भन्दै सबै स्थानियले कालोपत्रे छिटो गर्नमै संबन्धित निकायलाई झकझक्याउनु पर्ने बताए।

गाउँपालिका प्रमुख शाहले धुलो न्युनिकरणका लागी पानी हाल्न यस क्षेत्रबाट बिजयी भएका सांसद एलपी साबाँ लिम्बू र हिरा थापाले समेत १०/१० लाख यस बाटोमा लगानी गरे आफुले स्थानिय सरकारका तर्फबाट १० लाख बजेट निकासा गर्ने प्रतिबद्दता व्यक्त गरे।धुलोको न्युनिकरण पानीबाट नहुने शाहले जिकिर गरे।”पानी कहाँ कहाँ हाल्ने?,मदरगाछमा पनि धुलो उडिरहेको छ,सबै भन्दा उत्तम उपाय कालोपत्रे छिटो गर्न जोड दिनुपर्ने शाहले बताए।

कनकाई नगरपालिकामा पानी हालिन्छ भन्ने स्थानियको प्रश्नमा कनकाई पट्टीको बाटो छोटो दुरीको भएको र झापा गाउँपालिका तर्फ लामोदुरी भएकाले सम्भब नहुने शाहको तर्क रहेको छ। यद्दपी गाउँपालिका प्रमुख र स्थानियको समझदारी पछी स्थानियले केहीबेर बाटो अवरुद्द गरेर पानी हाल्ने शर्तमा ढाँट खोलेका छन।

सम्बन्धित खबर