Kanakai Online

झण्डी डाँडोमैझापाली बैज्ञानिक दिनेशले पुर्याए फ्रि वाईफाई


बुधवार, पौष ८, २०७७ |

कनकाई अनलाईन
झापाली युवा वैज्ञानिक दिनेश ओलीले यस क्षेत्रकै पर्यटकिय क्षेत्र झण्डी डाँडामा निशुल्क फ्रि वाई फाई छाडेका छन ।
कनकाई नगरपालिकाको आर्थिक सहयोग , नेपाल केबुललको इन्टरनेट लिङ्ग सहयोग र कनकाई केबुल सुरुङ्गाको समेत प्राविधिक सहयोगमा १० दिनसम्मको अथक प्रयासपछि पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि करिव ५ किलोमिटरको क्षेत्रमा अवस्थित माई नगरपालिकास्थित झण्डीडाँडामा इयर फाईबर प्रविधि जडान गरि इन्टरनेट सेवा ओलीले पुर्याएका हुन । यस अघि दिनेशले आफ्नै गाउँमा समेत यस सेवा जोडेका थिए ।

हाल सो क्षेत्रमा ३ घर र पार्किङ्ग एरियामा फ्रि बाईफाईको सुविधा पुगेको हो । उक्त पर्यटकिय क्षेत्रमा ४० घर रहेका छन । यसअघि उक्त क्षेत्रमा कुनैपनि टेलिफोनको सिग्गल नआउने गर्दा समस्या परेको त्यहाँस्थित संचालित झापाली होमस्टे होटलका संचालक झलक श्रेष्ठले बताउँनुभयो । हाल २५ एमबिपिएस क्षमताको टुजी इन्टरनेट सेवा पुगेपछि दैनिक त्यहाँको दृश्वअवलोकन गर्न जाने जोकोही आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा भएको छ ।यसका लागि सिभिल सर्बे नविन शिवाकोटी ले गरिदिएको वैज्ञानिक ओलीले बताउँनुभयो ।
उक्त क्षेत्रमा हाल दैनिक स्वदेशी पर्यटकहरु उक्त क्षेत्रको दृश्यअवलोकन गर्न जाने गरेका छन । यसका लागि कनकाई नगरपालिकाले ठुलो लगानीमा सिडी सहितको भौतिक पूर्वाधारको निर्माण गरिदिएको छ । उक्त क्षेत्रबाट झापाका प्रमुख बजारहरुको दृश्य हेर्न पाइने गरेको छ । कनकाई नगरपालिका ३ निवासी ओली कनकाई माविबाट दश जोड दुईको अध्यान सकाएर हाल बुटबलस्थित कोरिया नेपाल इन्सिच्युट अफ टेक्नोलोजीमा छैठौ सेमिस्टारमा अध्यानरत् रहेका छन ।

सम्बन्धित खबर