Kanakai Online

सम्पादकीय-धुलोले सास्ती।


आइतवार, पौष ५, २०७७ |

झापाको कनकाई नगरपालिकाको सुरुङ्गा देखि झापा गाउँपालिकाको लसुना सम्म जोड्ने अमरपथ सडक अहिले धुलोमय बनेको छ।यो बाटोमा हिड्ने हजारौ कनकाईबासी र झापा गाउँपालिका बासीलाई धुलोले सास्ती खेप्नु परेको छ।यो बाटो हिडिसक्नु त छैन छैन बाटाका छेउमा घर हुनेहरुको त झन कन्तबिजोग बनेको छ।
बिगत केही दिन देखि कनकाईबासीले बाटोमा हिड्ने टृपरलाई रोकिदिए पछी कनकाई नगरपालिकाले बाटोमा पानी हाल्न थाले पनि झापा गाउँपालिकामा भने पानी समेत हालिएको छैन।बाटोमा हिड्ने सवारीले उडाएको धुलो खाएर दैनिक बस्न बाध्य यहाँका जनता खुलेर बोल्न समेत सकेका छैनन।चिया पसल र चौकमा स्वास्थ्यमा असर पर्यो भनेर कुरा काटेपनी संबन्धित निकायलाई झक्झक्याउन सकेका छैनन।यति मात्र होइन बर्खामा समेत यो बाटो हिलोले हिडिसक्नु हुदैन।
यत्रो जनताको प्रत्यक्ष स्वास्थ्य प्रतीको गम्भीर असरमा पनि सरोकारवालाहरु मौन रहनु आश्चार्यको विषय बनेको छ।बिगत करिव ८ बर्ष अगाडि राजनितिक आडमै यो बाटोमा कालोपत्रेको छारो हालेपनी उक्त कालोपत्रे १ बर्ष नपुग्दै उक्किएको थियो।त्यसपछी विभिन्न राजनितिक दलको राजनितिक अखडा बन्दै आइरहेको अमरपथ सडक अहिले कनकाई नगरपालिका र झापा गाउँपालिकामा दुई कम्पनीले टेन्डर लिए पनि काम भने कछुवाको गतीमा भइरहेको स्पस्ट देख्न सकिन्छ।प्रदेश सरकार माताहत पुर्वाधार बिकासले ठेक्का लगाएको यस सडक बनिन अझै ३ वर्ष पुरापुरी लाग्ने सहजै अनुमान गर्न सकिन्छ।यसरी हेर्दा यहाँका जनताले अझै ३ वर्ष धुलो खानु पर्ने पक्कापक्की नै छ।
जनताको स्वास्थ्यमा परेको असरप्रती स्थानिय सरकार मौन रहनुले जनताप्रतीको उत्तरदायित्वमा स्थानिय सरकार चुकेको स्पष्ट देख्न सकिन्छ।बिगतमा यहाँ देखि बिजयी हुने जो कोइ सांसदले यही बाटोलाई आफ्नो राजनितिक भर्याङ बनाएका थिए।यस क्षेत्रबाट बिजयी भएर गएका सांसदहरुले यही बाटोको बिकास गर्छु भनेर जनताको मत तानेका थिए।तर यो बाटोको धुलो र हिलोको सास्ती जनताले अझै खेप्नु परेको छ।
अहिलेको परिबेसमा भने कछुवाकै गतीमा बाटोको निर्माण थालनी भए पनि यो धुलो र हिलोको सास्तीबाट जनतालाई बचाउन यहाँका स्थानिय सरकार र निर्माण कम्पनीहरुले धुलो न्यूनीकरण गर्न कदम चाल्नु पर्ने देखिन्छ।कमसेकम पनि पानीको ट्याङ्कर बाट बाटोमा पानी लगाईदिदा अलिकती भए पनि जनताले राहत महसुस गर्ने थिए भने बर्खामा हिलोको बेला सडकका खाल्टाखुल्टी पुरेर समथर बनाएर यो बाटोमा यात्रा गर्ने हजारौ जनतालाई सहज बनाउने उपाय गरिदिए राम्रो हुनेछ।

सम्बन्धित खबर