Kanakai Online

कनकाई नगर अस्पतालमा २४ घण्टा सेवा


शनिवार, पौष ४, २०७७ |

कनकाई अनलाईन
सुरुङ्गा , सुरुङ्गास्थित कनकाई नगर अस्पताल २४ औ घण्टा सेवा सुचारु भएको छ । यसका लागि दक्ष जनशक्ति सहित मेडिकर अपिसरको सेवा थप गरिसकिएको कनकाई नगरपालिकाका प्रमुख तथा कनकाई नगर अस्पतालका अध्यक्ष समेत रहनुभएका राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । पुस १ गते बुधवार नगरप्रमुख पोखरेलले विशेष कार्यक्रमका बिच अस्पतालको २४ घण्टे सेवाको सुभाराम्भ गर्नुभयो । यस इमजेन्सी सेवा सुचारु भएसगै नगर अस्पतालभित्रै संचालनमा रहेको बिमा फार्मेसी समेत २४ घण्टा सुचारु रहने यसका संचालक राजकुमार कट्टेलले जानकारी दिए ।
अस्पतालमा यस अघि प्रसुति सेवाको मात्रै २४ घण्टा सेवा संचालनमा रहेको थियो । अस्पतालमा रेबिज सम्बन्धि भ्याक्सिन र भिडियो एक्सरे सेवा सहित विभिन्न ल्यावको सेवा समेत यसै बर्षदेखि सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर