कनकाई अनलाइन झापा,पुस १।झापा गाउँपालिकामा पाँच शैयाको आइसोलेसन अस्पतालको मंगलबार उद्घाटन गरिएको छ।एक विशेष कार्यक्रमका बिच झापा गाउँपालिका प्रमुख जयनारायण शाहको प्रमुख आथित्यतामा झापा गाउँपालिका-२ स्थित बालुवाटारमा तराई मधेस समृद्दी कार्यक्रम तथा गाउँपालिकाको सहयोगमा निर्मीत सन्थाल आवासमा बनाईएको अस्पतालको विधिवतरुपमा उद्घाटन गरिएको हो।
झापा गाउँपालिका-२ का वडाध्यक्ष नेत्रबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो भने पालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो।त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा,सुचना अधिकारी हिमाल मिश्र साथै वडाध्यक्षहरु राजकुमार यादव,मोतीलाल गणेश लगायत वडासचिवहरु,कार्यपालिका सदस्यहरु,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी प्रमुखहरु,पत्रकार लगायतको उपस्थिती रहेको थियो।
अस्पताल उद्घाटन कार्यक्रममा प्रमुख अतिथी शाहले यो अस्पताल कोरोना संक्रमितका लागि मात्र नभएर सबैको लागी हो भन्ने स्पष्ट पार्नुभएको छ।शाहले यस अस्पतालबाट सबैले सेवा लिन समेत गाउँबासीलाई अनुरोध गर्नु भएको छ।अब चाडै नै १० शैयाको स्थायी अस्पताल बन्ने प्रकियामा भएको समेत शाहले बताउनु भएको छ।
विशिष्ट अतिथी बुढाथोकीले अहोरात्र कोरोना भाइरस संग लडिराख्ने स्वास्थ्यकर्मीले यति छिटो अस्पताल निर्माण गरेकोमा खुसी व्यक्त गर्नुभयो।बुढाथोकीले कोरोना संगको लडाइमा स्वास्थ्यकर्मीले गरेको कामको उच्च प्रशंसा समेत गर्नुभयो।
स्वास्थ्य साखाका स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले स्वागत मन्त्यब्य राख्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा,झापा गाउँपालिका-१ का वडाध्यक्ष राजकुमार यादवले मन्तब्य राख्नु भएको थियो।
नयाँ कर्मचारीलाई स्वागत
आइसोलेस अस्पतालको उद्घाटन गरिसंगै नयाँ कर्मचारीलाई समेत स्वागत गरिएको छ। कार्यक्रममा दुइजना स्टाफ नर्स नमुना पाण्डे र भुमिका नेपाल साथै एक कार्यालय सहयोगी हरि पौडेललाई पालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य साखा प्रमुखले संयुक्तरुपमा स्वागत गर्दै सफल कार्यकालको बधाई दिनुभएको छ।
गाउँपालिकाले पछिल्लो पटक एक विज्ञापन निकाल्दै अस्पतालकै लागी नयाँ कर्मचारी माग गरेको थियो।जसमा मेडिकल अधिकृत धर्मेन्द्र मण्डल,स्टाफ नर्सहरु नमुना पाण्डे र भुमीका नेपाल त्यस्तै कार्यालय सहयोगी हरी पौडेललाई अस्थायीरुपमा नियुक्त गरिएको छ।