Kanakai Online

स्वरोजगार भवानी साकोसको अध्यक्षमा बस्नेत


सोमवार, मंसिर २९, २०७७ |

कनकाई अनलाईन
स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को १३ औं बार्षिक साधारणसभा तथा प्रथम एकिकरणले अध्यक्षमा केशव बस्नेतलाई सर्वसम्मत चयन गरेको छ ।
झापा बिर्तामोडमा सोमवार आज आयोजित साधारणसभाले उपाध्यक्षमा कमला थापा मगर, सचिवमा मनोज भट्टराई र कोषाध्यक्षमा पुजा खनाललाई सर्वसम्मत चयन गरेको हो ।


त्यस्तै सदस्यमा टिकाराम सिटौला, सुशिला विमली, कमला आचार्य, जागिरमान राई, घनश्याम नेपाल, कौशिकलाल परियार (भोला), गोपाल प्रसाई, कल्पना कार्की, पर्शुराम मगर, कृष्ण देवकोटा र सुरेन्द्र बुढाथाकी चयन भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षक समितिको संयोजकमा विष्णुप्रसाद आचार्य सदस्यमा हरिप्रसाद फुयाल र तुलसीप्रसाद भण्डारी चयन भएका छन् ।


स्वरोजगार भवानी सहकारीसँग महिला भवानी बचत सहकारी, जीवन समृद्धि बहुउदेश्य साकोस, धनुषकोटी कृषि सहकारी सुरुङ्गा, साइराम बचत सहकारी र समावेशी बचत सहकारी बिर्तावजारबीच एकिरण भइसकेको जनाउँदै अन्य सहकारी संस्थाहरुसँग पनि एकिरण गर्दै लाने संस्थाले जनाएको छ ।


संस्थाले उत्कृष्ट आन्तरिक कर्मचारी अन्र्तगत प्रमुख कार्यालय विभागिय प्रमुख रुपन चाम्लिङ राई र सुरुङ्गा सेवा केन्द्रकी लेखापाल रिता खड्कालाई सम्मान गरेको थियो भने फिल्ड कर्मचारी बिर्तामोड सेवा केन्द्रका गंगा खड्का, खुदुनावारी सेवा केन्द्रका प्रेम मगर र धुलावारी सेवा केन्द्रका देवका सुवेदीलाई समेत सम्मान गरेको थियो ।


१६ हजार ४ सय ९७ जना शेयर सदस्य रहेको संस्थाले एक अर्व ८० करोडको बार्षिक कुल कारोवार गरेको छ भने खुद नाफा ५४ लाख ३४ हजार ३५९ रुपैयाँ ७९ पैसा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । ६ करोड ६४ लाख २० हजार ८६४ रुपैयाँ शेयर पुँजी रहेको संस्थाले कुल निक्षेप १५ करोड ५२ लाख ५७ हजार ७२१ रुपैयाँ २९ पैसा गरेको छ ।


संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष कमला थापा मगरले गरेको कार्यक्रमलाई सचिव मनोज भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि दर्लामी, धनुषकोटी सहकारी सुरुङ्गाका पूर्व अध्यक्ष तथा कार्य समिति सदस्य गोपाल प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर