Kanakai Online

समाचार प्रभाव अमरपथको बिजुली पोल हटाउन सुरु

सोमवार, मंसिर २९, २०७७ |

कनकाई अनलाईन
सरोकार वाला निकाय पूर्वाधार विकास आयोजना विद्युत प्राधिकरण, नगरपालिका र सुरुङ्गा खानेपानीको वेवास्ताका कारण महत्वकांक्षी सडक आयोजना सुरुङ्गा झापाबजारको अमरपथ सडक खण्डका अवरोधहरु बिजुलीको खम्बा, खानेपानीको पाईप र टेलिफोनको पोल अहटाउदा सडक निर्माणमा अवरोध पुगेको भन्दै कनकाई अनलाईनमा समाचार प्रकाशन भएपछि हाल यस क्षेत्रका बिजुलीका पोल धमाधम हटाउन सुरु गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई साप्ताहिकसगको कुराकानीमा उक्त क्षेत्रमा परेका सबै अवरोधहरु धमाधम हटाउने प्रतिवद्धता समेत जनाउनुभएको छ । प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त सडक आयोजनामा प्रदेश सरकारले सडकमा भएका अवरोध हटाउनका लागि कुनै बजेटको व्यावस्था नहुदा समस्या आएको भन्दै हाल कनकाई नगरपालिकाकै बजेटमा पोलहरु हटाउन सुरु गरिएको र अन्य थप बजेटका लागि बिद्युत प्राधिकरण प्रदेश सरकार लगायातसग पनि समन्वय गरिने पोखरेलले बताउँनुभयो । हाल सुरुङ्गा बजार आसपासको ४ लेनको सडक क्षेत्रको बिजुलीको पोल धमाधम हटाउन सुरु गरिएको सडक आयोजनाको निर्माण कम्पनीका इन्जिनियर बिदुर मैनालीले बताउँनुभयो ।
२) समाचार प्रभाव अमरपथको बिजुली पोल हटाउन सुरु –लास्ट पेजमा फोटो अनिवार्य
सरोकार वाला निकाय पूर्वाधार विकास आयोजना विद्युत प्राधिकरण, नगरपालिका र सुरुङ्गा खानेपानीको वेवास्ताका कारण महत्वकांक्षी सडक आयोजना सुरुङ्गा झापाबजारको अमरपथ सडक खण्डका अवरोधहरु बिजुलीको खम्बा, खानेपानीको पाईप र टेलिफोनको पोल अहटाउदा सडक निर्माणमा अवरोध पुगेको भन्दै कनकाई साप्ताहिकमा समाचार प्रकाशन भएपछि हाल यस क्षेत्रका बिजुलीका पोल धमाधम हटाउन सुरु गरिएको छ ।

सम्बन्धित खबर