Kanakai Online

झापा गाउँपालिका हिडेका १९ ट्रिपर कनकाईमा अलपत्र


शुक्रवार, मंसिर १९, २०७७ |

कनकाई अनलाईन
दैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई तुलसीवारी चौकमै रोकिदिएका छन ।
कनकाई ५ का कांग्रेसका नेता रमेश दाहालको नेतृत्वमा जम्मा भएको स्थानीयवाशीको समुहले झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई आज दिनभर तुलसीवारी चौकमा रोकेका हुन । पछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल झापा गाउँपालिका विभिन्न सडकका ठेकेदार कम्पनीका प्रतिनिधि लगायातले यस क्षेत्रमा दैनिक धुलो नउडानका लागि अमरपथ सडकमा पानी छिट्ने र यसका लागि नगरपालिका र ठेकेदार कम्पनीले समन्वय गर्ने ३ महिनापछि भने बाटोको ४ सय मिटरको दुरीमा पानी छिट्नका लागि बोरिङ्ग गाड्ने सहमति बनेपनि रोकिएका ट्रिपर गाउँलेले छाडेका थिए ।

सम्बन्धित खबर