कनकाई अनलाईन
लिम्बुवान मुक्ति मोर्चाका केन्द्रिय नेता तथा राष्ट्रिय कलाकार सुरुङ्गाका हिम्मत नेम्बाङ्ग नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
आज उनकै घरमा आयोजित विशेष कार्यक्रमका विच उनी लगायात स्थानीय १२ जना नेपाली कांग्रेसमा विधिवत प्रवेश गरेका हुन । उनीहरुलाई नेपाली कांग्रेसका कनकाई नगरपालिकाका गत २०७४ सालको स्थानीय निर्बाचनका उम्मेद्धार एकराज उप्रेती , कांग्रेस नेता तथा गत संघिय निर्वाचनका यस क्षेत्रका उम्मेद्धार देउमान थेबे, कांग्रेसका कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया लगायातले पार्टीमा स्वागत गरेका हुन । नेम्बाङ्ग कनकाई ३ स्थित गोहीखाडी क्षेत्रका सक्रिय समाजसेवी समेत हुन । नेम्बाङ्ग यस अघि लिम्बुवान राज्य प्राप्तिको आन्दोलनमा पूर्वमा सक्रिय थिए । गत संघिय निर्वाचनमा आफ्नो पार्टीले नराम्ररी पराजय भोगेपछि नेम्बाङ्ग स्वतन्त्र रुपमा रहदै आएका थिए । यसअघि अन्य राजनैतिक पार्टीहरुले विभिन्न जिम्मेवारी दिने प्रलोभन पाएपनि नेम्बाङ्गले त्यसलाई अस्वीकार्य गर्दै आएका थिए । आजै उनको आफ्नै घरमा भव्य कार्यक्रमगरि नेम्बाङ्ग नेपाली कांग्रेसको चारतारे झण्डामुनि आवद्ध भएका हुन । सोही कार्यक्रमा नेम्बाङ्ग पत्नी सुनिता कुमाल सहित यसअघि कनकाई ४ मा स्वतन्त्र प्यानलबाट उम्मेद्धारी दिनुभएका देबेन्द्र कार्की, कनकाई भेट्टान क्लवका अध्यक्ष राजेन्द्र खतिवडा समेत कांग्रेसमा प्रवेश गर्नुभयो । कार्यक्रम कांग्रेसका सचिव दुर्गा प्रसाईले गर्नुभएको थियो ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो