Kanakai Online

झापा गाउँपालिकामा कोरोना संक्रमण दर अती न्यून,जिल्लामा मृत्युदर २.८४ प्रतिशत मात्र।


शनिवार, मंसिर १३, २०७७ |

सुरुङ्गा,मंशीर १४।झापा गाउँपालिकामा स्वाब संकलन गरिए अनुसार कोरोना भाइरसको संक्रमण अती न्यून रहेको छ।झापा गाउँपालिकामा अहिले सम्म १४९६ जनामा गरिएको स्वाब संकलन मध्ये कुल ८८ जनामा मात्र कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको झापा गाउँपालिकाका फोकल पर्सन बाबुराम निरौलाले कनकाई अनलाईनलाई जानकारी दिनुभयो।यो संक्रमण दर स्वाब संकलनलाई आधार मानेर हेर्दा ५.८८ प्रतिशत मात्र देखिन्छ।संक्रमितको मृत्यु दर हेर्दा अत्यन्त न्यून रहेको पाइएको छ भने संक्रमण मुक्त हुनेको संख्या उच्च रहेको छ।८८ जना कुल संक्रमित मध्ये ३४ जना डिस्चार्ज भएका छन।डिस्चार्ज हुनेहरुको दर ३८.६४ प्रतिशत रहेको छ।जसमा मृत्यु तीन जनाको मात्र भएको छ।जसमा मृत्युदर ३.४१ प्रतिशत मात्र हो।

यता झापा जिल्लाको तथ्याङलाई हेर्दा ३२,९५८ जनामा गरिएको कुल स्वाब संकलनमा ३७२६ जनामा मात्र कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।स्वाब संकलन गरिएका मध्ये संक्रमितको ११.३० प्रतिशत मात्र हो।जिल्लामा संक्रमित मृत्यु भन्दा निको हुनेको संख्या उच्च रहेको छ।जसमा मृत्युदर २.८४ प्रतिशत रहेको छ भने निको हुनेको संख्या ६५.२२ प्रतिशत रहेको छ।

यता झापा जिल्लामा शनिबार थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।जसमा झापा गाउँपालिकाका १ जना,कनकाईका २ जना,मेचिनगरका २,भद्रपुरका ५,अर्जुनधाराका ३,बिर्तामोडका ७,कचनकवलका १,बाह्रदशीका १,शिबसताक्षीका १,दमकका २३ र इलाम ठेगाना भएका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।स्वास्थ्य कार्यालयका अनुसार आज कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन।

सम्बन्धित खबर