Kanakai Online

कनकाईमा कोरोना विच विकास जब धुले बाटो पिच भयो


शनिवार, मंसिर १३, २०७७ |

लीलाराज झापाली
कोरोना महामारीका बिच यहाँस्थित कनकाई नगरपालिका ४ त्रिवेणी टोलको २ किलोमिटर सडक पिच बनेपछि स्थानीय हर्षित बनेका छन ।
शनिवार आज कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका विच गरिएको अनुगमन तथा कार्यप्रगतिको समिक्षा कार्यक्रममा उपस्थित स्थानीयले सपनामा समेत नसोचेको काम भएको भन्दै तीनै तहका सरकारलाई धन्यावाद दिए ।
उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचनमा नगरप्रमुख पोखरेलले यस क्षेत्रमा भइरहेको कटानका लागि बाध बाधिदिनेसम्मको वाचा गरेपछि केहि महिनासम्म हिलाम्बे बनेको यस बाटो पिच गर्ने कुरो कसैले विश्वासनै नगरेकोमा कोरोना महामारीकै विचमा यस क्षेत्रको २ किलोमिटर बाटो एकाएक पिच भएपछि गाउँकै परिचय फेरिएको भन्दै सरकारको कामप्रति खुलेर प्रसंसा गरेका हुन ।
कनकाई ४ को त्रिवेणी टोलदेखि शिवसताक्षी नगरपालिका १० को वरपिपल चौक सम्मको उक्त बाटो प्रदेश सरकारको एक करोड रुपैँया कनकाई नगरपालिका ४ को २० लाख रुपैँया र स्थानीयवाशीको १० लाख रुपैँयाको लागतमा हालै सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले गाउँलेको कामको उच्च प्रसंसा गर्दै बाकी कामका लागि नगरपालिकाले थप ४ लाख रुपैँया समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्रिवेणी टोल कनकाई नगरपालिकाकै सबैभन्दा दुर्गम क्षेत्रमध्ये पर्ने गरेको छ । अघिल्लो बर्ष समेत स्थानीय सरकार र स्थानीयविच आधा आधाको साझेदारीमा आधा किलोमिटर पिच गरिएको कनकाई ४ का वार्ड सदस्य रोषन सुबेदीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले अब कम्तीमा पनि स्थानीय सरकारले केहि गरेन भन्ने गुनासो नगरपालिकाले सुन्नु नपर्ने दावी गर्नुभयो । नगरप्रमुख पोखरेलले यहि असोज महिनाभरमा यस क्षेत्रका हज्जारौ सुकुम्बासीलाई जग्गा धनीपुर्जा बितरण गरिसक्ने बताउँनुभयो । यस काम पछि कनकाई नगरपालिकामा आफ्नो कार्यकायलमा यस अघिको ७० बर्षसम्म भएको विकास भन्दा आफ्नो कार्यकालमा वढी काम गर्न पाएको बताउँदै जनताले सोच्दै नसोचेको गाउँमा समेत पिच गर्न पाउनु यसैको उदाहरण भएको बताउँनुभयो । पोखरेलले अझैपनि जनप्रतिनिधिले के कस्तो काम गरिरहेका छन भनेर जनताले खबरदारी गरिरहनुपर्ने समेत बताउँनुभयो । पोखरेलले नगरपालिकाका नागरिकको सहयोगका लागि नगर अस्पतालमै भिडियो एक्सरेको सेवा , डिजिटल एक्सरे लगायातका अतिआवश्यकीय सेवा सुरु गरिसकिएको बताउँदै सबै नगरवाशीलाई स्वास्थ्य विमा अनिवार्य गरिएको बताउँनुभयो । पैसा नहुने गरिबका लागि नगरपालिकाले आफै स्वास्थ्य बिमा गरिरहेको भन्दै यसका लागि समेत बजेट बिनियोजन गरिसकिएको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वार्डअध्यक्ष गोविन्द्र पौड्यालले आफ्नो कार्यकालभित्रै नगरका कुनैपनि बाटो अब कम्तीमा धुले बाटो जनताले हिड्नु नर्पने बताउँनुभयो । हामी ग्राभेल बनेका सबैबाटो पिच र धुले बाटो कम्तीमा उच्चस्तरीय ग्राभेल गर्ने छौ यसमा जनताको समेत साथ र खबरदारी हुनुपर्यो पौड्यालले भन्नुभयो ।
यता त्रिवेणी टोल बाटो निर्माण समितिका अध्यक्ष खगेन्द्र अधिकारीले सरकारी स्टीमेट अनुसार ४९ लाखको उक्त ५ सय ६० मिटर पिच बाटो उपभोक्ता समितिले ३१ लाखमै सम्पन्न गरेर सरकार र उपभोक्ता दुबैको पैसा बचाउन सकिएको बताउँनुभयो । उक्त सडकमध्ये १४ सय ८६ मिटरको सडक टेण्डरबाट र बाकी ५ सय ६० मिटर सडक उपभोक्ता समितिबाटै निर्माण गरिएको हो ।

सम्बन्धित खबर